ठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार पोषकान्त पोखरेलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा शुक्रबार भएको दुर्घटनामा ४२ वर्षीय पोखरेलको मृत्यु भएको हो । हुलाकी सडकखण्डमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सु प्र ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ का २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पोखरेलको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
