१० कार्तिक २०८३, सोमबार

 कांग्रेस कोशी प्रदेशको उपसभापतिमा संञ्जय भट्टराईको उम्मेदवारी दिने निर्णय

Logo
news सोमबार, कार्तिक १०, २०८३

मोरङ । नेपाली कांग्रेसका पुराना नेता संञ्जय भट्टराईले पार्टीको कोशी प्रदेश कार्यसमितिको उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका भट्टराईको उम्मेदवारीको तयारीसँगै कोशी प्रदेश कांग्रेसको आगामी नेतृत्व चयनलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

मोरङको बयरवन मूल घर भएका भट्टराई नेपाली कांग्रेसमा लामो राजनीतिक अनुभव भएका नेताका रूपमा परिचित छन्। उनी २४ वर्षको उमेरमै पार्टीको महाधिवेशन प्रतिनिधि बनेका थिए। सानै उमेरदेखि पार्टी राजनीतिमा सक्रिय रहेका उनले त्यसपछि पटक–पटक महासमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्। उनी मोरङ कांग्रेसका पूर्व जिल्ला सचिवसमेत हुन्। हाल उनी नेपाली कांग्रेसको कोशी प्रदेशको निर्वाचीत कार्यसमिति सदस्यमा हुन ।

पार्टीका विभिन्न तहमा रहेर संगठनात्मक जिम्मेवारी सम्हालिसकेका भट्टराईले अहिलेसम्म कुनै लाभको पद नलिएको विवरण छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका उनी आफ्नो राजनीतिक यात्रालाई प्रदेश नेतृत्वसँग जोड्ने तयारीमा जुटेका हुन्। पार्टीभित्रको अनुभव, संगठनमा बिताएको समय र विभिन्न जिम्मेवारीमा रहेर काम गरेको पृष्ठभूमिलाई उनको राजनीतिक यात्राका महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

गत स्थानीय तह निर्वाचनमा भट्टराई कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा भने उनी पराजित भएका थिए। निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसके पनि उनी पार्टी राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। अहिले प्रदेश उपसभापति पदमा उम्मेदवारी दिने निर्णयसँगै उनको राजनीतिक यात्राले नयाँ मोड लिन लागेको छ।

नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमितिमा उपसभापति पद महत्त्वपूर्ण संगठनात्मक जिम्मेवारीका रूपमा लिइन्छ। प्रदेशभर पार्टी संगठनलाई प्रभावकारी बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय गर्ने र पार्टीका गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा प्रदेश नेतृत्वको भूमिका महत्त्वपूर्ण हुन्छ। यही पृष्ठभूमिमा भट्टराईको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

कोशी प्रदेश कांग्रेसको उपसभापति पदका लागि हालसम्म अन्य सम्भावित उम्मेदवारहरूले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक नगरेको बताइएको छ। त्यसैले आगामी प्रदेश अधिवेशनमा उपसभापति पदको प्रतिस्पर्धा कस्तो हुने भन्ने विषय अहिले नै स्पष्ट भइसकेको छैन। अन्य नेताहरूको उम्मेदवारी, पार्टीभित्रको आन्तरिक समीकरण र प्रतिनिधिहरूको धारणा सार्वजनिक हुँदै जाँदा प्रतिस्पर्धाको चित्र थप स्पष्ट हुने देखिन्छ।लामो समयदेखि पार्टीमा सक्रिय रहेका भट्टराईको उम्मेदवारीले आगामी प्रदेश अधिवेशनमा नयाँ राजनीतिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। यद्यपि, उनको उम्मेदवारीको औपचारिक घोषणा, समर्थनको अवस्था र अन्य आकांक्षीहरूको भूमिकाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१