०१ कार्तिक २०८३, शनिबार

विराट ट्रेड फेयर सम्पन्न, २० करोडको कारोबार

Logo
news शनिबार, कार्तिक ०१, २०८३

विराटनगर ३० असाेज । विराटनगरमा असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर सम्पन्न भएको छ।

असोज ३० गतेसम्म सञ्चालन भएको मेलामा करिब २० करोड रुपैयाँको कारोबार भएको र एक लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजार माग घटिरहेको र उत्पादनमा समेत कमी आएको अवस्थामा फेयर सफल हुनु सकारात्मक भएको बताउनुभयाे। उहाँले मेलाले व्यापार व्यवसायलाई टेवा पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा कमजोरी सुधार गरेर अघि बढ्न आयोजकलाई सुझाव दिनुभयाे ।

हरेक दसैँमा विराट व्यापार संघले आयोजना गर्ने मेला भन्ने पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै राउतले यस्ता कार्यक्रमले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयाे ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले फेयर राम्रो भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयाे ।

विराट व्यापार संघका अध्यक्ष प्रमाेद अग्रवालले विराटनगरको बजार विगतको तुलनामा सुधार हुँदै गएको बताउनुभयाे।

फेयर संयोजक श्यामप्रसाद पौडेल (भवेश) ले विराट ट्रेड फेयर व्यापार मेलामा मात्र सीमित नभई साना तथा मझौला व्यवसायलाई समेत चलायमान बनाउन सफल भएको बताउनुभयाे। उहाँले आगामी दिनमा पनि अझ उत्कृष्ट मेला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

ट्रेड फेयरमा १३० स्टल राखिएका थिए। तीमध्ये करिब १०० वटा व्यावसायिक स्टल थिए भने बाँकी ३० वटा स्टलमा खाद्य संस्थान, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय मोरङलगायतका संस्थाले आफ्ना सेवा तथा गतिविधि प्रस्तुत गरेका थिए।

समापन कार्यक्रममा संघका पूर्वअध्यक्ष सुजन थापालगायतको उपस्थिति थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१