१४ आश्विन २०८३, बुधबार

महासंघका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा कोशी प्रदेश महासंघको सचिवालय भ्रमण

Logo
news बुधबार, आश्विन १४, २०८३

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष श्री अन्जन श्रेष्ठले महासंघको अध्यक्ष पद सम्हालेपछि पहिलोपटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सचिवालय भ्रमण गर्नुभएको अवसरमा कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतले फूलगुच्छा तथा मालासहित स्वागत तथा सम्मान गर्नुभयो।

स्वागत कार्यक्रममा कोशी प्रदेश महासंघका अध्यक्ष श्री राजेन्द्र राउतले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै पछिल्लो समय देशमा देखिएको विपद्का कारण व्यवसायीहरू थप समस्यामा परेको बताउनुभयो। विशेषगरी चाडपर्वको समयमा बजारमा अपेक्षाअनुसार व्यापार–व्यवसाय हुन नसक्दा व्यवसायीहरू प्रभावित भएको र त्यसको प्रत्यक्ष असर बैंकको ब्याज भुक्तानीदेखि सरकारको राजस्व संकलनसम्म परेको उहाँले उल्लेख गर्नुभयो।

वर्तमान चुनौतीपूर्ण अवस्थाका बाबजुद नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले व्यवसायीहरूलाई हौसला प्रदान गर्दै सुरक्षित र निर्धक्क रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्दै आएको अध्यक्ष राउतले बताउनुभयो। उहाँले महासंघको आफ्नै भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी एक वर्षभित्र नयाँ भवनबाट महासंघको सचिवालय सञ्चालन गर्ने तयारी भइरहेको समेत बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष श्री अन्जन श्रेष्ठले नेपाल सरकारले इटहरीमा आयोजना गरेको सीप तथा रोजगार मेलामा सहभागी हुने क्रममा कोशी प्रदेश महासंघको सचिवालयमा आउने अवसर प्राप्त भएको बताउँदै अध्यक्ष राउत तथा प्रदेश महासंघबाट प्राप्त स्वागत तथा सम्मानका लागि आभार व्यक्त गर्नुभयो।

अध्यक्ष श्रेष्ठले कोशी प्रदेश महासंघ र कोशी प्रदेश सरकारबीचको सम्बन्ध सुमधुर रहेकाले प्रदेशमा महासंघले विभिन्न गतिविधि सञ्चालन गर्न सहज वातावरण बनेको बताउनुभयो। आगामी दिनमा सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउँदै महिला उद्यमीहरूको विकास तथा प्रवर्द्धनका लागि समेत कार्यक्रम सञ्चालन गर्न उहाँले प्रदेश महासंघलाई प्रोत्साहित गर्नुभयो।

स्थानीय तहमा उपलब्ध स्रोत तथा सम्भावनाको अधिकतम उपयोग गर्न उद्योग वाणिज्य संघ र स्थानीय तहबीच सार्वजनिक–निजी साझेदारी (PPP) को अवधारणामा काम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो। यस विषयमा नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग समेत छलफल तथा वार्ता भइरहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य श्री गोपाल श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष श्री नवीन बस्नेत, केन्द्रीय सदस्य श्री सुयश प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्षद्वय श्री राजन श्रेष्ठ तथा श्री रविन दाहाल, कोषाध्यक्ष श्री श्रवण अग्रवाल तथा कार्यसमिति सदस्यहरू श्री सुवाष आचार्य, श्री देवकीनन्दन अग्रवाल, श्री भविष श्रेष्ठ, श्री कीर्ति उपाध्यायलगायतले मुलुकको वर्तमान आर्थिक अवस्था, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा निजी क्षेत्रले भोगिरहेका समस्याबारे आफ्ना धारणा तथा सुझावहरू राख्नुभएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१