उद्योग संगठन मोरङले मुलुककै पहिलो निजी क्षेत्रको संस्था मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मानमा स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ। संघको हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा अनिल कुमार साह निर्विरोध निर्वाचित हुनुभएकोमा उद्योग संगठन मोरङले उहासहित नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संघ र संगठनबीच लामो समयदेखि आत्मीय सम्बन्ध र सहकार्य रहदै आएको उल्लेख गर्दै दुई संस्थाबीचको सम्बन्धलाई अझ प्रगाढ, सुदृढ र प्रभावकारी बनाउदै लैजाने वताउनु भयो । उहाले निजी क्षेत्रले नीतिगत स्थायित्व, औद्योगिक पूर्वाधार, उत्पादन लागत, बजार विस्तार लगायतका क्षेत्रमा विभिन्न चुनौती सामना गरिरहेको बताउदै आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखीमा रूपान्तरण गर्न निजी क्षेत्रका संस्थाहरूबीच थप समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिल कुमार उद्योग, व्यापार तथा निजी क्षेत्रको सामुहिक हितका सवालमा संघले संस्थागत सहकार्यलाई थप मजबुत वनाउने विचार व्यक्त गर्नुभयो । उहाले व्यापार व्यवसाय र आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रका संस्थाहरूबीच ऐक्यवद्धता अपरिहार्य रहेको बताउदै औद्योगिक र व्यावसायिक विकासका प्राथमिकता दिने धारणा राख्नुभयो।
कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले निजी क्षेत्रका संस्थाहरूबीचको एकता र सहकार्य वर्तमान अवस्थामा अझ महत्वपूर्ण भएको बताउनुभयो। उहँले उद्योगी व्यवसायीले भोगिरहेका समस्यालाई नवनिर्वाचित नेतृत्वले अझ सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष अनुपम राठीले संगठन र संघको आत्मीय सम्बन्धको स्मरण गर्दै नेतृत्वले यस सम्बन्धलाई अझ नयँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।संगठनका वरिष्ठ उपाध्यक्ष्ँ भोलेश्वर दुलालले निजी क्षेत्रको हित र समग्र आर्थिक विकासका लागि संस्थागत सीमाभन्दा माथि उठेर साझा मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा दुवै संस्थाका अध्यक्ष्ँ, निवर्तमान अध्यक्ष्ँ, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
