२९ माघ २०८२, बुधबार

सामूहिक झाडापखाला घटनाको कोशि प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुअनुगमन

Logo
news मंगलबार, माघ २८, २०८२

खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाँउपालिकाको दिप्रृङ सामूहिक झाडापखालाको घटनाको कोशि प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले अनुगमन गर्नुभएको छ । खोटाङ जिल्लाको िन्तेढुङ्गा गाउँपालिका वडा नं। ६ स्थित दिप्लुङ निगालबास क्षेत्रमा सामूहिक झाडापखालाको घटना देखिए पछी मन्त्री लिम्बुले अनुगमन गनुभएको हो । एकै दिन ६० भन्दा बढी स्थानीय बासिन्दामा झाडापखाला, बान्ता, ज्वरो र टाउको दुख्ने जस्ता लक्षण देखिएपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्।
प्रारम्भिक जानकारी अनुसार माघ २१ गते आयोजित स्थानीय भोजमा सहभागी भएका व्यक्तिहरूमा माघ २२ गतेदेखि लक्षण देखिन थालेको हो। उक्त भोजमा करिब २५० जना सहभागी भएको बताइएको छ। पहिलो बिरामी माघ २२ गते दिउँसो १ बजे जिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए।
घटना बढ्दै गएपछि पालिका र जिल्ला स्तरीय र्यापिड रेस्पोन्स टोली परिचालन गरिएको छ। माघ २३ गतेसम्म करिब १०० जनामा समान लक्षण देखिएपछि स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर औषधोपचार गर्न थालेका थिए। माघ २४ गतेसम्म ४३–४४ जना बिरामीको व्यवस्थापन गरिएको र हालसम्म ४९ जनालाई स्वास्थ्य क्याम्पमार्फत तथा १६–१७ जनालाई जिसापानी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
हाल अधिकांश बिरामीको अवस्था स्थिर रहेको र क्रमशः सुधारोन्मुख रहेको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङबाट आवश्यक औषधि तथा सामग्री पठाइसकिएको कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले बताउनुभयो ।घटनाको कारण पत्ता लगाउन नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। पालिका, जिल्ला तथा प्रदेश स्तरमा निरन्तर समन्वय भइरहेको र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१