२९ जेठ २०८३, शुक्रबार

कोशी अस्पताल अतिक्रमण गरी बनाइएको अवैध संरचना भत्काउने तयारी

Logo
news शुक्रबार, जेठ २९, २०८३

विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालको नाममा रहेको जग्गामा अतिक्रमण गरेर बनेका संरचना हटाउने तयारी थालेको छ । नेपाल सरकारको संघीय सरकारले सञ्चालन गर्दै आएको अस्पतालको जग्गामा धेरै अवैध संरचनाहरु बनेका छन् ।

स्वास्थ्य मन्त्रालयको गत वैशाख ३० गते निर्देशानात्मक परिपत्रसँगै संरचना हटाउने प्रक्रिया अगाडी बढाइएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले आफ्नो जग्गा छुट्टयाउन हाल नापजाँच गरिरहेको कोशी अस्पतालका प्रशासन प्रमुख नवराज लुइटेलले बताए । उनले भने, ‘अहिलेको सरकारले आँटेमा संरचना हट्ने शतप्रतिशत संभावना छ । त्यसका लागि पहिलो चरणको नापजाँच थालिएको छ ।’ पहिलो चरणबाट हालसम्म कायम रहेको अस्पतालको जम्मा जग्गाको क्षेत्रफल पत्ता लाग्ने र कानुनी प्रक्रियामा जान सजिलो हुने उनको भनाइ छ ।

अस्पतालले जग्गा नापजाँच तथा सीमाना छुट्याउन एउटा समिति नै बनाएर काम थालेको छ । अस्पतालका शाखा अधिकृत त्रिलोचन न्यौपानको संयोजकत्वमा बनेको समितिले काम सकेर प्रतिवेदन बुझाएपछि मालपोत र नापीको प्रतिवेदनसमेत समावेस गरेर अवैध संरचनाको टुंगो लाग्नेछ । त्यसपश्चात् अवैध रुपमा लामो समयदेखि भोगचलन गर्दै आएका संरचना भत्काइने प्रशासन प्रमुख लुइटेलले बताए । सीमा यकिनको काम गर्दा अस्पतालको जग्गा मिच्नेहरु हावी हुन खोजेपछि प्राविधिक टोलिसँगै व्यापक रुपमा प्रहरीसमेत परिचालन गरिएको थियो । अस्पतालको जग्गा मिचेर संरचना बनाउने र भाडामा लगाएर त्यसलाई अपचलन गर्नेहरुले दबाब दिन खोजेका थिए ।

कोशी अस्पतालको नाममा पाँच बिघा आठ कठ्ठा नौ धुर जग्गाको स्रेता रहेको छ । विराटनगर ७ नम्बर (साविक विराटनगर १०) वडाको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ नम्बरमा अस्पतालको जग्गा छ । छ वटा कित्तामध्ये २६ नम्बरको सबैभन्दा धेरै जग्गा मिचिएको स्रेस्तामा देखिने गरेको अस्पतालको दाबी छ । अस्पतालले अगाडी गरेको नापजाँचमा १ सय ३० दशमलम ५ मिटर जग्गा अतिक्रमण गरेर उक्त ठाउँमा अन्य संघसंस्थाले संरचना बनाएर भाडा असुल्दै आएको थिए । अस्पतालको जग्गामा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले आफ्ना तथा आफ्नो मातहतमा राखेर भाडाका संरचना बनाएका छन् ।

‘अहिले पनि त्यहाँ रहेको संरचना भएका संस्थासँग आफ्नो पूर्जा छैन, जोसँग पूर्जा छैन त्यो जग्गा सबै अस्पताल हो’, प्रशासन प्रमुख लुइटेलले भने । उनका अनुसार अस्पतालले बारम्बार छोड्न भन्दा विवाद सिर्जना हुँदै आएको छ । संरचना बनाएर ती संस्थाले भाडा असुल्दै आएका छन् । कोशी अस्पतालका दुई ठूला संरचना बनिरहेका छन् । संघीय सरकारले कोशी अस्पतालमा पाँच सय शय्याको मेडिकल भवन र दुुई सय ५९ शय्याको बहु–विशेषज्ञता सेवा सञ्चालनका लागि भवन निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसका लागि अस्पतालले आफ्नो जग्गा आफैं उपभोग गर्नुपर्ने अवस्था रहेको छ । अस्पताल प्रशासनका नासु लुइटेलका अनुसार जग्गा नापजाँचको कार्य गर्नुपूर्व २०७६ सालदेखि २०८३ असारसम्मको दशलाख ५७ हजार ६ सय १० रुपैयाँ राजस्व अस्पतालले जम्मा गरिसकेको छ ।

अस्पतालको जग्गामध्ये क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर, गणेश मन्दिरले २ कठ्ठा, देवकोटा पुस्तकालयले २ कठ्ठा १० धुर र रेडक्रस सोसाइटीले २ कठ्ठा बढी जग्गा ओगट्दै आएको लुइटेलले बताए । ‘अस्पतालको जग्गा यस अगाडी समेत बारम्बार खाली गर्ने प्रयास गरिएको थियो । तर, पहुँचको प्रयोग गरी दबाब दिएका कारण त्यसै रोकिएको थियो । तर यस पटक भने सीमा यकिन गरेर स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन पठाए लगतै स्थानीय प्रशासनसँग समन्वय गरेर भत्काउने तयारी गरेको छ’, उनले भने

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१