२६ जेठ २०८३, मंगलबार

राष्ट्रव्यापी कविता प्रतियोगिता-२०८३ तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

Logo
news मंगलबार, जेठ २६, २०८३

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरको आयोजनामा खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता-२०८३ तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । चेतना संरक्षण प्रतिष्ठान, नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य, कला र समाज रुपान्तरणका विषयमा विशेष चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले साहित्यले समाजका विकृति- विसङ्गति, माया-प्रेम, मिलन-विछोड, नीति निर्माण, सुशासन, युगको माग तथा समसामयिक विषयवस्तुलाई समेट्ने उल्लेख गर्दै साहित्य समाजसँगै राष्ट्र रुपान्तरणको महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गर्नुभयो । त्यस्तै आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेले सहकारी आफैँमा समाजको अभिन्न अङ्ग भएकोले यसको भूमिका वचत तथा ऋण प्रवाहमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व वहनको क्षेत्रमा समेत मुखरित हुनुपर्ने ठम्याइका साथ सहकारीले सामाजिक रुपान्तरणको प्रमुख पाटो कला, साहित्य र संस्कृतिलाई सँगसँगै लैजाने गरेको खुलासा गर्नुभयो ।
कविता प्रतियोगितामा जाजरकोटका सदाशय गौतमको कविता ‘नयाँ युग रच्ने हामी नेपाली’ ले प्रथम स्थान हात पारेको छ । त्यसैगरी विराटनगरकी नानुमैया दाहालको कविता ‘म विर्खे कामी हुँ’ द्वितीय, काठमाडौंका सुशील पौडेलको कविता ‘मातृभूमिको आह्वान’ तृतीय र झापाका निकेश डाँगीको कविता ‘भान्सा युद्ध’ ले सान्त्वना स्थान प्राप्त गरेका छन् । देशका विभिन्न क्षेत्रबाट साहित्यकार तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतियोगिताको निर्णायक समितिमा प्राज्ञ विवश पोखरेल, हरि कट्टेल र तीला लेकाली रहनुभएको थियो ।
कार्यक्रममा नेपाली साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदरस्वरुप कोशी प्रदेशका सिद्धहस्त साहित्यकारहरू प्रा.डा. टंक न्यौपाने, बद्री विशाल पोखरेल र वसुन्धरा झालाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१