

विराटनगर । राष्ट्रिय वाणिज्य बैंकले विराटनगरको मंगतुराम समूहका कम्पनीको धितो लिलामीको प्रक्रिया अगाडि बढाएको छ । मंगतुराम सूहका ९ वटा कम्पनी तथा उनका परिवारका सम्पत्तिको धितो लिलामीको प्रक्रिया अगाडि बढाएको हो ।विराटनगरको प्रतिष्ठित तथा व्यवसायमा आक्रामक ढंगले उदाएको मंगतुराम समूह पूर्णरुपमा टाट पल्टेको ५ वर्ष भइसकेको छ। समूहका अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल इन्डस्ट्रिज, गणेश प्लास्टिक इन्डस्ट्रिज, जयकाली बिस्कुट, दन्तकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आईरन इन्डस्ट्रिज, घटस्थापना इन्टरप्राइजेज तथा फूलपाती इन्टरप्राइजेजको नाममा दिएको एओसीसी, टीएल, बिल्स पर्चेज, क्यास क्रेडिट, औद्योगिक सामान तथा बैंक जमानत विविध शीर्षकमा बैंकले मंगतुराम समूहलाई कर्जा दिएको थियो ।राष्ट्रिय वाणिज्य बैंकले समूहका विभिन्न व्यक्तिका नाममा रहेको धितो सम्पत्ति बिक्रीमा राखेको छ ।
यी सम्पत्तिको न्यूनतम मूल्य १ अर्ब ४ करोड ५५ लाख ७७ हजार रूपैयाँ तोकिएको छ । अर्थात् बैंकले यो समूहबाट १ अर्ब रूपैयाँभन्दा बढी रकम उठाउन बाँकी छ ।मंगतुरामको परिवारलाई नेपाल बैंकको १ अर्ब ३७ करोड रूपैयाँ ऋण अपचलनको समेत आरोप छ ।