

कोशी प्रदेश सरकारका उद्योग तथा कृषि ,सहकारी मन्त्रीले १०० दिनेको प्रगती सार्वजनीक गरेका छन ।
मन्त्री खगेनसिं हाङगामले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर एक सय दिनको उपलब्धी सार्वजनीक गरेका हुन ।
मन्त्री हाङगामले कृषि क्षेत्र बारे कोशी प्रदेशमा भएको उपलब्धिलाई १३ बुँदामा समेटेर सार्वजनिक गरेका हुन ।
सहकारीमा रहेको सर्वसाधारणको बचतलाई सुरक्षित गर्न सहकारी संस्थामा एप्लिकेशन सफ्टवेय प्रयोग सम्बन्धी कार्य विधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । हालसम्म १७ वटा कम्पनी यसमा सूचिकृत भइसकेका छन । १ हजार ३ सय सहकारीले सफ्टवेयर प्रयोगको सुरुवात गरेका छन् ।
यसबाट सहकारी क्षेत्रको व्यवस्थापन र नियगमन महत्त्वपूर्ण उपलब्धि रहेको मन्त्री हाङगामले बताउनुभयो । प्रदेशमा संकट उन्मुख सहकारी संस्थालाई सुरक्षित गर्न ऐनमा संशोधन गरेर समिति गठन गर्ने निर्णय भएको छ ।
जुन निर्णयलाई बिहीबार बसेको कोशी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले अनुमोदन गरेको छ । प्रदेशमा दुग्ध तथा मासु जन्य पदार्थलाई स्वस्थ र स्वच्छ बनाउन इलामको १० वटै स्थानीयता तहमा खोरेत रोग मुक्त बनाउन खोप कार्यक्रम सञ्चालन भइरहेको मन्त्री हाङगामको भनाइ छ ।
कृषि व्यवसायीमा लगानी प्रवद्र्धन गर्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्था मार्फत कृषि कर्जाले कृषि व्यवसायी सञ्चालन गर्न किसानलाई ब्याजमा अनुदान उपलब्ध गराउने सरकारको तयारी छ ।