१० मंसिर २०८३, बुधबार

विराट एक्स्पोमा बिजनेस समिट, लगानीकर्ता र बजार खोज्ने मञ्च

Logo
news बुधबार, मंसिर १०, २०८३

 

२०८३ मंसिर ०९, विराटनगर : उद्योग, व्यापार र लगानीका सम्भावना खोज्न अब संघीय राजधानी वा ठूला सहर धाउनुपर्ने बाध्यतालाई उद्योग संगठन मोरङले अन्त्य गर्ने प्रयत्न गरेको छ । उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म आयोजना गर्ने नवौ सस्करणको विराट एक्स्पो २०२६ का अवसरमा उद्योग, व्यापार र लगानीका सम्भावना खोज्ने उद्देश्यसहित तीनदिने ‘विराट बिजनेस समिट २०२६’ आयोजना गर्न गईरहेको छ । पुस ५ देखि ७ गतेसम्म विराटनगरको डिग्री क्याम्पस परिसरमा हुने समिटले देशभरका उद्योगी, व्यवसायी, लगानीकर्ता, उत्पादक र खरिदकर्तालाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ । फाइन्ड अपार्टनर, फाइन्ड अ मार्केट, फाइन्ड अ अपच्र्युनिटी’ अवधारणामा आयोजना हुने समिटले लगानीका सम्भावना पहिचान, स्थानीय उत्पादनको बजार विस्तार र व्यावसायिक साझेदारीलाई प्राथमिकता दिनेछ । यसमा विभिन्न जिल्ला तथा नगरका उद्योग वाणिज्य संघले आफ्नो क्षेत्रका आर्थिक, औद्योगिक, कृषि, पर्यटन र पूर्वाधारसम्बन्धी सम्भावना प्रस्तुत गर्नेछन् ।

तिन दिनसम्म चल्ने समिटलाई तीन फरक विषयमा केन्द्रित गरिएको छ । पहिलो दिन ‘इन्भेस्ट एन्ड बिल्ड’ अन्तर्गत उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, ऊर्जा, पूर्वाधार र लगानीका सम्भावनाबारेमा उद्योगी र नयाँ लगानीकर्ता बीच छलफल हुनेछ । दोस्रो दिन ‘कनेक्ट एन्ड एक्सपान्ड’ अन्तर्गत बजार विस्तार, निर्यात, खरिदकर्ता–आपूर्तिकर्ता सम्बन्ध र अन्तरप्रदेशीय व्यापारमा केन्द्रित अन्तरक्रिया हुनेछ । तेस्रो दिन ‘इन्फ्लुएन्स एन्ड ग्रो’ अन्तर्गत नीतिगत सुधार, डिजिटल रूपान्तरण, स्टार्टअप, सीप विकास र हरित उद्योगका विषय समेटिने छन ।

तीन दिनमा विभिन्न जिल्ला तथा नगरका १८ वटा उद्योग वाणिज्य संघले आफ्नो क्षेत्रका व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन् । प्रत्येक दिन ६ वटा संस्थालाई १५ मिनेटका दरले प्रस्तुतीकरणको अवसर दिइनेछ । यसका अतिरिक्त समिट स्थलमा ‘अपच्र्युनिटी वाल’ स्थापना गरिने छ । त्यसमा लगानीका परियोजना, उत्पादन, बजार, कच्चा पदार्थ, प्रविधि र साझेदारीका प्रस्ताव तथा आवश्यकता राखिने छ । इच्छुक व्यवसायीले त्यहाँबाट सम्भावित साझेदार पहिचान गरी प्रत्यक्ष सम्पर्क गर्न सक्ने छन् ।

समिटमा उद्योगी, व्यवसायी, लगानीकर्ता, वित्तीय संस्था, स्थानीय सरकार, उत्पादक, वितरक र विभिन्न क्षेत्रका विज्ञबीच अन्तरसंवाद तथा व्यावसायिक नेटवर्किङ हुने छ । समिटको अन्तिम दिन उद्योगमैत्री वातावरण निर्माणका लागि नीतिगत तथा संस्थागत सुधारका साझा प्राथमिकता समेटिएको ‘विराट चेम्बर कम्प्याक्ट’ जारी गर्ने संगठनले तयारी गरेको छ ।

उद्योग संगठन मोरङका अनुसार समिटको उद्देश्य जिल्लागत र क्षेत्रगत सम्भावनालाई राष्ट्रिय तथा क्षेत्रीय लगानीकर्तासँग जोड्दै व्यापार, लगानी र औद्योगिक सहकार्यका नयाँ अवसर सिर्जना गर्ने रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१