०३ मंसिर २०८३, बुधबार

आराकाद्वारा कर सप्ताहको सुुभारम्भ,उद्योगि ब्यापारीको उल्लेखिय सहभागिता

Logo
news मंगलबार, मंसिर ०२, २०८३

बिराटनगर,मंसीर १ गते ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले हरेक वर्ष मनाउँदै आएको कर दिवस यो वर्ष कर सप्ताहका रुपमा हिजो मंगलबार उद्घाटन कार्यक्रम गर्दै कर सप्ताह सुुरु गरेको छ । संघिय सरकारको निर्देशन अनुसार जिल्लामा रहेका आन्तरिक राजश्व कार्यालयहरुले हरेकवर्ष कर दिवस मंसिर १ गतेका दिन आयोजना गर्ने र उत्कृष्ट करदाता देखी उत्कृष्ठ कर्मचारी समेतलाई सम्मान गर्दै आएको छ । गत बर्ष जेनजी आन्दोलनका कारण कर सप्ताहका कुुनै पनि कार्यक्रम नगरेको आन्तरिक राजश्व कार्यालयले यस पटक सरकारको निर्देशन अनुुसार उक्त कार्यक्रमलाई निरन्तरता दिदै आन्तरिक राजश्व कार्यालय विराटनगरले मंसिर १ गतेबाट कर सव्ताहको आयोजना गरेको जानकारी दिएको छ ।

अव एक हप्तासम्म बिभीन्न कार्यक्रम गर्दै सप्ताह ब्यापीरुपमा मनाइने कर दिवस यो वर्ष कर न्याय र सुुशासनको सुुनिश्चितताःसमृद्घिमा नागरिक सहभागिता भन्ने नारासहितको कर सप्ताह मनाउने कुुरा प्रमुुख कर अधिकृत केशव उप्रेतीले आर्थिक दैनिकलाई जानकारी दिनु भएको छ ।
हिजो आन्तरिक राजस्व कार्यालय विराटनगरको हाताभित्र अर्थात मंसीर १ गते मंगलबार कर दिवसको औपचारिक कार्यक्रम कर सव्ताह लेखिएको ब्यानरमा बेलुुन उठाएर सुरु गरिएको छ । सुुनसरी मोरंग औद्योगिक करिडोरका उद्योगि ब्यवसायी देखी आन्तरिक राजश्व कार्यालयका प्रमुुख कर अधिकृतले सयुुक्त रुपमा बेलुुन उडाउदैे कर दिवसको सुुभारम्भ गर्नुु भएको छ ।

हिजो मंगलबार देखी सुुरु भएको कर दिवस आगामी मंसीर ७ गते समापन हुुने कार्यक्रम रहेको कुुरा प्रमुुख कर अधिकृत उप्रेतीले जानकारी दिनुु भएको छ । एक हप्तासम्म चल्ने कर सप्ताह कार्यक्रममा ब्यवसायी निजी क्षेत्रका संघ–संगठन तथा सरोकारवालासँग अन्र्तक्रिया समेत गरिने र उच्चशिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई कर सम्बन्धि सचेतना अभिबृद्घि गराउने कार्यक्र रहेको कुुरा पनि प्रमुुख उप्रेतीले बताउनुु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१