२०८३ मंसिर ०२, विराटनगर : उद्योग संगठन मोरङका पूर्व अध्यक्षस्व. महेन्द्र गोल्छाको १७औ स्मृतिमा संगठनका वर्तमान, पूर्व अध्यक्ष, कार्यसमिति एवं परिवारका सदस्यहरूले संगठनको सचिवालयमा स्थापित स्व. गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गरी उहाप्रति श्रद्धाञ्जली अर्पण गर्नूका साथै पोखरियास्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग र आश्रितहरूलाई बिहानको भोजनवितरण गर्नु भएको छ ।
स्मृति दिवसमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले स्व. गोल्छाले उद्योग तथा व्यवसाय क्षेत्रको हित संरक्षण, व्यावसायिक एकता पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहँले देखाउनुभएको दूरदर्शी नेतृत्व र मार्गदर्शन आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत रहने बताउनुभयो।
निवर्तमान अध्यक्ष राकेश सुरानाले संगठनलाई केवल उद्योगीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा मात्र नभई उद्योग, श्रम र समाजबीच समन्वय कायम गर्ने साझा संस्थाका रूपमा विकास गर्न स्व. गोल्छाले देखाउनुभएको दृष्टिकोण आज पनि मार्गदर्शक रहेको धारणा व्यक्त गर्नुभयो।
संगठनका पूर्व अध्यक्ष किशोर प्रधानले स्व.गोल्छालाई उद्योगी व्यवसायीको सामूहिक हित र समग्र औद्योगिक विकासलाई प्राथमिकतामा राखेर काम गर्न सदैव प्रेरित गर्ने दूरदर्शी व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो।
पूर्व अध्यक्ष मुकेश उपाध्याय, भीम घिमिरे, सुयश प्याकुरेलले स्व.गोल्छाको नेतृत्वमा संगठनले उद्योगी व्यवसायीको हकहित संरक्षणसंगै औद्योगिक वातावरण निर्माण र निजी क्षेत्रको संस्थागत आवाज बुलन्द बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै स्व. गोल्छाको कार्यशैली र प्रतिबद्धता वर्तमान पुस्ताका उद्योगी व्यवसायीका लागि अनुकरणीय रहेको बताउनुभयो।
स्मृति दिवसमा संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षद्वय विपिन कावरा र सुबोध कोइराला, कार्यसमिति सदस्यहरू सन्तोष भगत, जयेन्द्र शर्मा, सिद्धार्थ कावरा, सिर्जन प्याकुरेल र किरण व्यासलगायतस्व. गोल्छाका भाइ राजकुमार गोल्छा, छोरा पारस गोल्छा तथा छोरी युक्ति गोल्छाको उपस्थिति रहेको थियो।
