२८ साउन २०८३, बिहिबार

पल्लव साहित्य प्रतिष्ठानको कुम्भ मेलामा विराटनगरकी स्रष्टा सहित ६ स्रष्टा सम्मानित हुने

Logo
news मंगलबार, साउन २६, २०८३

पल्लव साहित्य प्रतिष्ठान, चितवनको आयोजनामा बर्सेनि हुँदै आएको ‘बृहत् साहित्यिक कुम्भ मेला’ यस वर्ष आगामी भदौ १३ गते नारायणगढस्थित पर्व पार्टी प्यालेसमा आयोजना हुने भएको छ ।

नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने छ जना स्रष्टा तथा द्रष्टालाई समारोहमा ‘पल्लव राष्ट्रिय साहित्य सम्मान—२०८३’ सहित विभिन्न पुरस्कारद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साइलो) का अनुसार संस्कृत विधामा विद्यावारिधि गर्ने प्रथम नेपाली महिला डा. दिव्यप्रियंवदा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ ।

सम्मानित तथा पुरस्कृत हुनेहरूमा विराटनगरी स्रष्टा नानुमैया दाहाल (मीना-रत्न साहित्य पुरस्कार), स्याङ्जा गल्याङका चण्डिप्रसाद भट्टराई (बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार) र स्याङ्जाकै वालिङका मिलन समीर (शेषनाथ लामिछाने स्मृति बाल साहित्य पुरस्कार) रहेका छन् । त्यस्तै मध्यपुर ठिमी, भक्तपुरकी दूर्गा घिमिरेलाई केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार, बेलकोटगढी, नुवाकोटका शिखरनाथ ढकाललाई काजीमान श्रेष्ठ तथा नन्दकुमारी-सन्तकुमारी श्रेष्ठ रत्न पुरस्कार र गैडाकोट, नवलपुरकी भूमिका गैह्रे तिम्सिनालाई युसुफदिन-हलिमा पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कृत सबै स्रष्टाहरूलाई ‘पल्लव राष्ट्रिय सम्मान—२०८३’ बाट समेत विभूषित गरिने अध्यक्ष लामिछानेले जानकारी दिए ।

देशभरका साहित्यकारहरूको उपस्थिति रहने उक्त समारोहमा ‘नारी स्रष्टा परिचयकोष-२’, ‘पल्लव’ को ३० औँ अंक, छन्द कविता सङ्ग्रह ‘अभीप्सा’ र कथासङ्ग्रह ‘लावण्यस्मृति’ लगायतका कृतिहरूको सामूहिक विमोचन गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१