०५ आषाढ २०८३, शुक्रबार

नेपाली चिया उद्योग संकटमा, तत्काल कूटनीतिक पहल गर्न कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको माग

Logo
news बिहिबार, आषाढ ०४, २०८३

विराटनगर, असार ४ — भारतीय पक्षले नेपाली चिया निर्यातमा गुणस्तर परीक्षणका नाममा लगाएको गैरभन्सार अवरोधका कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा झापा, इलामलगायत जिल्लामा उत्पादित नेपाली चिया निर्यातमा केही दिनयता देखिएको अवरोधले उद्योग, किसान, श्रमिक तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको जनाएको छ।

महासंघका अनुसार नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक रहेको चियाले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विगतमा यस्ता समस्या आपसी छलफल र कूटनीतिक पहलबाट समाधान हुँदै आए पनि यसपटक लामो समयसम्म निर्यात प्रभावित हुँदा उद्योगी व्यवसायी चिन्तित बनेका छन्।

भारतीय पक्षले लागू गरेको नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा तयारी चिया सीमाक्षेत्रमै रोकिएको महासंघले जनाएको छ। यसबाट उद्योगहरूको मौज्दात बढ्नुका साथै नगद प्रवाहमा गम्भीर समस्या देखिएको र हजारौं किसान, श्रमिक तथा उद्यमी प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ।

तथ्यांकअनुसार नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ। भारततर्फ मात्रै वार्षिक २ करोड ५६ लाख किलोग्राम चिया निर्यात हुने गरेको छ। यस उद्योगले प्रत्यक्ष रूपमा २० हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ।

निर्यात अवरोधका कारण केही चिया उद्योगले उत्पादन तथा प्रशोधन कार्य प्रभावित भएको जनाएका छन्। महासंघले अवस्था लम्बिँदै गए उद्योग, किसान र श्रमिकको जीविकोपार्जनमा थप असर पर्ने चेतावनी दिएको छ।

महासंघले समस्या समाधानका लागि नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी चिया निर्यातको वातावरण सहज बनाउनुपर्ने माग गरेको छ। साथै, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रसँग समन्वय गरी सम्बन्धित निकायमा आवश्यक पहल जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

महासंघले नेपाली चिया उद्योग, किसान तथा श्रमिकहरूको हित संरक्षणका लागि आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१