२० जेठ २०८३, बुधबार

विराट व्यापार संघले आयोजना गर्‍यो एम.आर.पी. तथा नापतौल सम्बन्धी विशेष अर्न्तक्रिया कार्यक्रम

Logo
news बुधबार, जेठ २०, २०८३

विराट व्यापार संघले मंगलबार विराटनगरमा एम.आर.पी. तथा नापतौल सम्बन्धी विशेष अर्न्तक्रिया कार्यक्रम आयोजना गर्‍यो ।उद्योगी तथा व्यवसायीलाई एम.आर.पी. तथा नापतौल सम्बन्धी ऐन, कानुन र प्रावधान बारे जानकारी गराउने उद्देश्यले विशेष अर्न्तक्रिया कार्यक्रम आयोजना गरिएको विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवाल (जिन्दल) ले जानकारी गराए । विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्यामलाल पौडेल (भवेष) ले एम.आर.पी. नयाँ नभई पुरानो ऐन भएकोले व्यवसायी यसलाई विस्तारै लागु गर्दै जाने बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेष बस्नेतले एम.आर.पी. को ऐन कानुन र प्रावधान बारे तथा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका सहायक निरीक्षक संजयकुमार यादवले नापतौल ऐन कानुन र प्रावधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख बस्नेतले व्यवसायीलाई मूल्य उल्लेख नभएको खुल्ला सामान प्याकेजिङ गरेर बिक्री गर्दा मूल्य सूचिमा मूल्य उल्लेख गर्न सुझाव दिए ।

व्यवसायीले खुल्ला सामान प्याकेजिङ गरेर बिक्री गर्दा मूल्य सूचिमा मूल्य उल्लेख नगरेको खण्डमा ऐन र कानुन बमोजिम जरिवाना गर्ने बताए ।गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका सहायक निरीक्षक यादवले कार्यालयबाट नापतौल सम्बन्धी प्रवाह भइरहेको सेवा सुविधाको बारेमा कार्यपत्र मार्फत व्यवसायीलाई जानकारी गराएका थिए ।

सहायक निरीक्षक यादवले उद्योगी व्यवसायीलाई यन्त्र, ढक तथा तराजुको वैधानिकता कार्यालयबाट पुष्टि गरेर मात्रै सामान विक्री गर्न सुझाव दिए । उद्योगी व्यवसायीले गुणस्तर तथा नापतौल कार्यालयको ऐनलाई पालना नगरेको खण्डमा जरिवाना गर्ने बताए ।

विराट व्यापार संघका निवर्तमान अध्यक्ष अंशु बंजारा, पूर्व अध्यक्ष यादव पोखरेल, शिवप्रसाद रिजाल सहित बाक्लो संख्यामा उद्योगी व्यवसायी अर्न्तक्रिया कार्यक्रममा सहभागी थिए । निजी क्षेत्रसँग आबद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरू अर्न्तक्रिया कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१