०९ जेठ २०८३, शनिबार

उद्योगि राउत सम्मानीत

Logo
news शुक्रबार, जेठ ०८, २०८३

जेठ ६ गते बुधबार : जिल्ला प्रशासन कार्यालय मोरङको सचिवालयमा मोरङका प्रमुख जिल्ला अधिकारी श्री युवराज कट्टेलले नेपाल उद्योग वाणिज्य महासङ्घको दोस्रो कार्यकालका लागि निर्वाचित  अध्यक्ष श्री राजेन्द्र राउत लगायत निर्वाचित सम्पूर्ण पदाधिकारी एवं कार्यसमितिका सदस्यहरूलाई खादा लगाएर सम्मान गर्दै  बधाई तथा शुभकामना दिनुभएको थियो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारीज्यूले कोशी प्रदेशको आर्थिक विकासमा महासङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिन अझ सक्रिय रूपमा अगाडि बढ्ने विश्वास लिँदै कार्यकालको सफलताका लागि शुभकामना दिनुभएको थियो। यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घकोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतले मोरङ जिल्लामा शान्ति सुरक्षाको व्यवस्था राम्रो भएको, व्यवसायिले अनावश्यक दुःख झेल्नु नपरेको कुरा राख्दै खुल्ला सिमानाका कारण हुनेअवैध व्यापार, एमआरपी लगायतका समसामयिक विषयमा राय सुझाव राख्नुभएको थियो। कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी श्री सरोज कोइराला र श्री पवन कोइराला,मोरङ जिल्लाका प्रहरी उपरीक्षक श्री कवित कटवाल, जिल्लाका सुरक्षाका सबै प्रमुखज्यूहरू, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिका सदस्यज्यूहरु, मोरङ व्यापार सङ्घका अध्यक्ष श्री अनुपमराठी, उद्योग संगठन मोरङका अध्यक्ष श्रीनन्द किशोर राठी, सिएनआई कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडा, विराट व्यापार संघका अध्यक्ष श्री प्रमोद जिन्दल , नेपाल चेम्बर कमर्स मोरङका अध्यक्ष श्री शिव रिजाल लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१