०२ जेठ २०८३, शनिबार

कोशी प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष राउत

Logo
news शुक्रबार, जेठ ०१, २०८३

 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको आर्थिक विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणका लागि महासंघ सक्रिय रूपमा अघि बढिरहेको बताएका छन् ।

महासंघको कार्यक्रममा बोल्दै अध्यक्षराउतले देश आर्थिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उद्योग व्यवसायमा लगानीको वातावरण कमजोर बनेको, बजार संकुचित भएको तथा युवाशक्ति विदेश पलायन भइरहेको बताए । नीतिगत अस्थिरताका कारण निजी क्षेत्र दबाबमा परेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा निजी क्षेत्र अझ जिम्मेवार, परिणाममुखी र एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

उनले कोशी प्रदेश आर्थिक दृष्टिले अत्यन्त सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै उद्योग, कृषि, पर्यटन, जलस्रोत, स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा प्रशस्त अवसर रहेको बताए । ती सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्षले महासंघले गत वर्ष आयोजना भएको लगानी सम्मेलन तथा पर्यटन वर्ष २०८२ लाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यसैगरी कृषि व्यवसाय प्रवर्द्धनका लागि कृषि एक्स्पो, ढाका कपडाको प्रचारप्रसारका लागि ढाका महोत्सव तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले रोजगारी मेलाजस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिए ।

उनका अनुसार महासंघले गरेका गतिविधिको मूल्यांकन गर्दै केन्द्रीय महासंघले कोशी प्रदेशलाई उत्कृष्ट प्रदेशको रूपमा सम्मानसमेत प्रदान गरेको छ ।

कार्यक्रममा मुख्यमन्त्री हिक्मत कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्माइल मन्सुरी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अध्यक्षले आगामी दिनमा निजी क्षेत्रमैत्री नीति, लगानीमैत्री वातावरण तथा उद्योगमैत्री प्रशासन निर्माणका लागि सरकारसँग समन्वयलाई थप प्रभावकारी बनाइने बताए । साथै, कोशी प्रदेशभित्र सञ्चालित उद्योग व्यवसायको सुरक्षा, सीप विकास, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महासंघले विशेष प्राथमिकता दिने उल्लेख गरे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१