१९ माघ २०८२, आइतबार

कोशी प्रदेशका दुर्गम क्षेत्रमा विशेषज्ञसहितको स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बृहद् कार्यक्रम सम्पन्न

Logo
news शुक्रबार, माघ १७, २०८२

विराटनगर — कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा प्रदेशका सबै दुर्गम पहाडी क्षेत्र, स्थानीय तह तथा जिल्ला अस्पतालहरूमा जनतालाई विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले एक बृहद् कार्यक्रम सम्पन्न भएको छ। प्रदेशका नागरिकहरूलाई आफ्नै जिल्लाबाटै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा प्रादेशिक तथा जिल्ला अस्पतालसँगै निजी अस्पतालहरूको समेत सहभागिता रहेको थियो।

प्रादेशिक जिल्ला अस्पताल तथा निजी अस्पतालहरूको सहजीकरण र सहयोगमा आयोजित कार्यक्रममा प्रदेशका सबै जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)हरूले आ–आफ्ना अस्पतालहरूको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै आगामी योजना, जनशक्ति व्यवस्थापन, उपकरणको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा चुनौतीहरूबारे विस्तृत जानकारी गराइएको थियो। दुर्गम तथा पहाडी जिल्लामा चिकित्सकको अभाव, आवश्यक उपकरण नहुँदा सेवा प्रभावित भएको तथा बजेट व्यवस्थापनमा देखिएका कठिनाइहरू कार्यक्रमका क्रममा उठाइएका मुख्य विषयहरू थिए।

कार्यक्रममा सहभागी निजी अस्पतालका प्रतिनिधिहरूले प्रदेश सरकारको सहयोग र सहजीकरणमा प्रदेशभरका नागरिकहरूलाई सरकारसँग सहकार्य गर्दै थप विशेषज्ञ स्वास्थ्य सेवाहरू उपलब्ध गराउन आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका छन्। निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य भएमा प्रदेशस्तरमै गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा विस्तार गर्न सकिने उनीहरूको भनाइ थियो। कार्यक्रमको समापन सत्रमा बोल्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्रीले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए। मन्त्रीले निजी अस्पतालहरूलाई नेपाल सरकारको मापदण्डअनुसार गरिब, निमुखा तथा विपन्न वर्गका नागरिकहरूका लागि १० देखि १५ प्रतिशतसम्म उपचार तथा बेड छुटको व्यवस्था अनिवार्य रूपमा गर्न निर्देशन दिएका छन्।

मन्त्रीले प्रदेश सरकारले निजी अस्पतालहरूको सेवा प्रवाहलाई नजिकबाट अनुगमन गर्ने उल्लेख गर्दै अनुगमनका क्रममा सो व्यवस्था कार्यान्वयन नभएको पाइएमा कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत दिएका छन्। साथै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक बजेट, जनशक्ति तथा संरचनागत सुधारमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रमबाट सरकारी तथा निजी अस्पतालबीच समन्वय र सहकार्य बढ्ने, दुर्गम क्षेत्रका नागरिकहरूले आफ्नै जिल्लाबाट विशेषज्ञ सेवा पाउने र प्रदेशको समग्र स्वास्थ्य सेवा प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१