विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिवले मन्त्रिलाई थाहै नदिइ कर्मचारी सरुवा गरेपछी सुुवास्थ्य मन्त्रालयमा सचिवको सेटिङ्ग छताछुुल्ल बनेको छ ।

‘सचिवस्तरीय’ निर्णय भन्दै सुुवास्थ्य सचिव डा.यदुुचन्द्र घिमीरेले गत पुुष २२ गते मन्त्रि बनेका सुुवास्थ्य मन्त्रि मानबहादुुर लिम्बुुलाई जानकारी नदिइ एक महिना अगाडी गरेको सरुवाको पत्र धमाधम सम्बन्धित कर्मचारीलाई पठाउन थालेपछी सचिव घिमीरेको सेटिङ्गको सरुवा आतंक छरपष्ट भएको छ । यसरी सचिवको सेटिङ्गमा कर्मचारी सरुवा भएपछी करिव एक वर्ष देखी सुुवास्थ्य मन्त्रालयमा सेटिङ्ग गरेर आर्थिकलाभ प्राप्त गर्दै आएका सचिव घिमीरेको कमाउ प्रबृत्ति नै अहिले आएर सार्वजनिक भएको कुुरा सुुवास्थ्य मन्त्रालयकै कर्मचारीस्रोतले बताएको छ । सचिव घिमीरेले सरुवा गर्दा नै आस्थाका आधारमा पैसाको चलखेल गर्दै कर्मचारी सरुवा गरेको रहस्य समेत बाहिरीएको छ । यसरी सचिव घिमीरेको सेटिङ्गमा भएको कर्मचारी सरुवालाई मन्त्रि लिम्बुुले मन्त्रीस्तरीय निर्णय गर्दै सबै सरुवा बदर गरिदिएपछी सचिव घिमीरे यसबेला विदा लिएर काठमाण्डौमा बसेको कुुरा थगाहा भएको छ । सरुवा विवादमा परेका कोशी प्रदेशका सुुवास्थ्य सचिव डा.यदुुचन्द्र घिमीरे मन्त्रालयमा नभेट्टिएपछी वास्तविक्ता बुुझन टेलिफोन गर्दा मोवाइलको स्विच अफ गरेका कारण सम्पर्क हुुन सकेन ।

गत मंसीर १७ गते कोशी प्रदेशको सुुवास्थ्य मन्त्रालयका सचिव डा. यदुुचन्द्र घिमीरेले सचिवस्तरीय निर्णय भन्दै प्रदेशका ३९ कर्मचारीको सरुवा गरका थिए । उक्त सचिव घिमीरेको सेटिङ्गमा कर्मचारी सरुवा गरेपछी कर्मचारीबाट मन्त्रिलाई उजुुरी गरेको कुुरा स्रोतले बताएको हो । पछी कर्मचारीको उजुुरी र निर्वाचनको आचारसंहिताको कारण भन्दै सुुवास्थ्य मन्त्री लिम्बुले पनि ३० पुसमा निर्णय गर्दै ती कर्मचारीलाई साविककै स्थानमा फर्काउने निर्देशन मात्रै दिएको कुुरा सुुवास्थ्य मन्त्रालयको उच्च कर्मचारी स्रोतले बताएको हो । स्रोतका अनुुसार सरुवा भएका कर्मचारीलाई चाडै रवाना गर्नका लागि एमालेका केही नेता र मुख्यमन्त्री कार्यालय मार्फत सुुवास्थ्य मन्त्रालयमा ब्यापक दबाब दिएको रहस्य पनि खुुलेको छ । यसरी सुुवास्थ्य मन्त्रालयका कर्मचारी सरुवामा सचिव देखी मुख्यमन्त्री कार्यालय र मुख्य सचिव राजेन्द्र पौडेल समेत सक्रिय भएर लागेपछी सुुवास्थ्य मन्त्रिले तुुरुन्तै सरुवा भएका कर्मचारीलाई रवाना दिन रोक्नुु भन्दै निर्देशन दिएको रहस्य कर्मचारी स्रोतले नै खोलेकोे छ ।
सुुवास्थ्य मन्त्रालयमा सचिव घिमीरेको काम कार्वाहीमा नै धेरै बेथिति रहेको रहस्य पनि खुुलेको छ । कोशी प्रदेश सरकारका सुुवास्थ्यका कर्मचारीबाट यो सरुवाले आफुुहरु माथी अन्याय भयो भन्दै सचिव घिमीरेलाई पत्र लेख्दा समेत कुुनै सुुनवाइ नगरी तारमतार फोन गरेर रवाना पत्र बुुझन सचिवले दवाव दिएको रहस्य कर्मचारी स्रातले खोलेको छ ।
उता मुख्य सचिवले पनि निर्वाचन घोषणा भएर उम्मेदवारी दर्ता भइसकेपछी स्वास्थ्यका सरुवा गरिएका कर्मचारी बोलाइ—बोलाइ सरुवाको चिठी आफैले दिएको रहस्य समेत अहिले आएर बाहिरीएको छ । सचिव घिमीरेको सरुवा आतंकमा परेका एक पिडीत कर्मचारीले आफनो नाम उल्लेख नगर्ने शर्तमा भने यो अन्यायमा परेकाको निर्णय बदर भएको हो, अव निरन्तर रुपमा सुुवास्थ्य सचिव घिमीरेले कर्मचारी माथी गरेको मनपरीको पर्दाफास हुने कुुरा बताए । यसरी मुुख्यसचिव र मुुख्यमन्त्रिको कार्यालयबाट भएको ऐन विपरीतको निर्देशनले कोशी प्रदेशमा ‘प्रशासनिक अराजकता’निम्त्याउने जोखिम बढेको कुुरा जानकारहरुले बताएका थिए ।
