राउन्ड टेबल नेपालको २६औँ राष्ट्रिय वार्षिक साधारणसभा (NAGM) सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाबाट संस्थाको नयाँ राष्ट्रिय बोर्ड चयन गरिएको हो।
नवनिर्वाचित बोर्डमा अध्यक्षमा साकेत मुरारका, उपाध्यक्षमा रोहित अग्रवाल, महासचिवमा भास्कर सोनी र कोषाध्यक्षमा धिरज अग्रवाल चयन भएका छन्।
त्यसैगरी सम्पादकमा राहुल अग्रवाल, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत (IRO) मा कृष्ण अटल तथा तत्कालीन निवर्तमान अध्यक्ष (IPP) मा सुमित मित्तल चयन भएका छन्।
नयाँ बोर्डले “Love Tabling” भन्ने नयाँ अध्यक्षीय मूल नाराका साथ आगामी कार्यकालमा सेवा, नेतृत्व र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
राउन्ड टेबल नेपालले नयाँ नेतृत्वसँगै प्रभावकारी सामाजिक सेवा, फेलोसिप र संस्थागत गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
