१४ माघ २०८२, मंगलबार

धरौटी फिर्ता र दस्तुरी विवादले भन्सार नाका नै परिवर्तन

Logo
news आइतबार, माघ १२, २०८२

विराटनगर । विराटनगर भन्सारले चालु आर्थिक वर्षको छ महिनामा भन्सारको लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि अहिले भन्सारमा उठाउँदै आएको दस्तुरीको विषयलाई लिएर कर्मचारीका बीचमा आरोप र प्रत्यारोप चल्न थालेको छ ।

कोशी प्रदेशभित्र सबैभन्दा ठूलो भारतीय सीमासँग जोडिएको विराटनगर भन्सार कार्यालय राजस्व असुलीमा समेत संघिय सरकारको ‘क’ वर्गमै रहेको छ । तर विराटनगर भन्सार नाका भएर हुँदैआएको आयातलाई नै प्रभावीत बनाएर भन्सार कर्मचारीहरूले दस्तुरी असुलीलाई अग्राधिकार दिन थालेपछि व्यवसायीहरूले नाका नै परिवर्तन गर्न थालेका छन् । सो नाका प्रयोग गरी हुँदै आएको मालबस्तु आयातको प्रथम केन्द्र विराटनगर भन्सार नाका परिवर्तन गरी वीरगञ्ज वा मेची भन्सार नाकाको प्रयोग हुन थालेको हो । भन्सार नाका नै परिवर्तन गरी अन्य भन्सार नाका प्रयोग गरेकै कारणले गर्दा पनि विराटनगर भन्सारले लिएको लक्ष्य अनुसारको राजस्व संकलनमा बाधा पुगेको स्रोतले दाबी गरेको छ ।

मेची भन्सार नाका र वीरगञ्ज भन्सार नाकामा विराटनगर भन्सारमा जस्तो भन्सार कर्मचारीको दस्तुरीले व्यवसायीलाई दु:ख नदिने गरेको व्यवसायी एवं उद्योगिका भन्सार प्रतिनीधिहरूले बताएका छन् । वीरगञ्ज र मेची दुवै भन्सारमा भन्सार जाँचपास भइसकेपछी आफूले जती दस्तुरी दिए पनि कर्मचारीले खुसी साथ राख्ने र भन्सार जाँचपासमा सहजीकरण नै गरिदीने उनीहरूको भनाइ छ । तर विराटनगर भन्सारमा भन्सार जाँचपासका नाममा प्रज्ञापनपत्र कर्मचारीका नाममा तोक आदेश हुनासाथ कर्मचारीबाट के सामान हो, कति दिने जस्ता बार्गेनिङ्ग कर्मचारीबाट हुने गरेको दाबी समाचारस्रोतले गरेको छ । कर्मचारीलाई फकाइफुल्याइ मालको भन्सार जाँचपास गरेपछि पनि भन्सार जाँचपाससम्म पुग्नुभन्दा अगाडी विराटनगर भन्सारमा भन्सार मूल्यांकनमा पनि ठूलो समस्या रहेको उनीहरूको भनाइ छ । भन्सारबाट हुने भन्सार मूल्यांकन चित्तबुझ्दो नभएको उनीहरूको गुनासो छ । धरौटीमा भन्सार दस्तुरी बुझाएर भन्सार याडमा आएको मालसामान व्यवसायीले लगेपछी पनि व्यवसायीहरूले भन्सार कर्मचारीदेखि विराटनगर भन्सारका लेखापालसम्मको चित्त बुझाउँदा बुझाउँदै धरौटी राखेको रकम नै सकिने गरेको उनीहरूले बताएका छन् ।

विराटनगर भन्सारमा पछिल्लो समय बन्दजस्तै भएको भन्सार दस्तुरीले फेरि जरा गाड्न थालेको हो । कर्मचारीकै कार्यशैलीका कारण आजित बनेका विराटनगरका उद्योगि तथा व्यवसायीले एलसी खोल्दा नै विराटनगर भन्सार नाका परिवर्तन गरी विरगञ्ज वा मेची भन्सार नाका रोज्ने क्रम पछिल्लो समय बढेको छ । विराटनगर भन्सारले आर्थिक वर्ष २०८२/०८३ को पुष मसान्तसम्ममा ३ अर्ब २४ करोड ३१ लाख राजस्व संकलन गर्ने दायित्व रहेकामा ३ अर्ब २ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१