१४ पुष २०८२, सोमबार

ट्राफिक प्रहरी कमाउ धन्दामा सक्रिय

Logo
news आइतबार, पुष १३, २०८२

विराटनगर । जेन–जी आन्दोलनपछि केही समय संयमित देखिएको विराटनगरको ट्राफिक प्रहरी कार्यालय राजस्व र गैर राजस्व संकलनमा फेरि पुरानै शैलीमा फर्किएको छ । केही समय यतादेखि मोरङ जिल्ला भित्र रहेका विभिन्न ट्राफिक पोष्टहरूमा असुली धन्दा सुरु भएको बताउन थालिएको छ ।

भदौको जेन–जी आन्दोलनपछि तिहारसम्म ट्राफिकले कुनैपनि सवारीको जाँच तथा कारबाही गरेको थिएन । उनीहरू त्यसवेला सडकमा सामान्य आफनो उपस्थिती मात्रै देखाएर मुकदर्शक भएर बसेका थिए । तर त्यसपछि बिस्तारै गतिमा फर्किएको ट्राफिक नियमित कामसँगै कमाउ धन्दामा पनि लागेको घट्नाहरू विस्तारै खुल्न थालेको छ । विराटनगर भन्सारबाट बाहिर निस्कीएका गाडीहरूमा विशेष गरी ट्राफिकले भारतीय गाडी र कोशी राजमार्ग भएर अन्यत्र जाने मालबाहक ट्रक, ट्याक्टर र ट्रिपरलाई लक्षित गरेर उनीहरूबाट राजस्व र गैरराजस्व संकलन गर्दै आएका छन् । राजमार्गका केही ट्राफिक युनिटहरूमा त अभिलेख राखेरै गैरराजस्व असुली सुरु गरेको खुलेको छ ।

राजस्व सरकारको खातामा जाने भए पनि गोजीमा हालिएको रकम सडकमा ड्युटी गर्ने ट्राफिक र मोरङ ट्राफिक प्रमुखदेखि माथिल्लो दर्जाका कोशी प्रदेशका ट्राफिक प्रमुखलाई समेत पुर्याउने गरेको स्रोतको दाबी छ । पछिल्लो समय मोरङ जिल्लामा रहेका विभीन्न ट्राफिक पोष्टको प्रमुख भएर जान जेन–जी आन्दोलन पहिले जस्तै बोलकबोल नै हुन थालेको ट्राफिक स्रोतले नै बताएको छ । बोलेको रकम मासिक रूपमा हाकिमलाई बुझाउन नसक्ने पोष्ट प्रमुखलाई हटाएर नयाँलाई सो ठाउँमा पठाउने गरिएको खुलेको छ । मोरङ जिल्लामा सबैभन्दा बढी राजस्व संकलन गर्ने र सोही अनुपातमा व्यक्तिगत रकम संंकलन गर्ने विराटनगर भन्सारको ट्राफिक पोष्ट पर्छन् । त्यसपछि कोशी राजमार्गको नेमुवा, हुलाकी राजमार्गको रंगेली र महेन्द्ररनजमार्गको उर्लाबारी, पथरी लगायतका पोष्टहरू राजस्वसँगै गैर राजश्वको बढी रकम असुली गर्दै आएको दावी ट्राफिक स्रोतले गरेको छ ।

तीन महिनासम्म सडकमा अतिरिक्त रकम तिर्नु नपरेर कुनै कारबाहीसमेत नभएकाहरू अहिले सडकमा कुदेबापत नै ट्राफिकबाट धमाधम कारबाही हुन थालेका छन् । जेन–जी आन्दोलनको उत्कर्षमा ट्राफिक प्रहरीको व्यवहार, अनावश्यक जरिवाना र दुर्व्यवहार सार्वजनिक बहसको विषय बनेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयकै निर्देशनमा ट्राफिक जाँच केही समय खुकुलो बनाइएको थियो ।

चालकहरूका अनुसार अहिले सवारी नियमको नाममा स–साना त्रुटि देखाएर जरिवाना तिराउने, कागजातको बहानामा अनावश्यक हैरानी दिने र मिलाउने संकेत दिने प्रवृत्ति बढेको छ । यस्तो ट्राफिकको व्यवहारप्रतिले फेरी सडकमा ब्यापक असन्तुष्ट देखिन थालेको छ । एक ट्राफिक पोष्टका इञ्चार्ज तथा कनिष्ट प्रहरी अधिकृतले बाध्यताले डराइ–डराइ हाकिम रिझाउन रकम लिनुपरेको बताए । ती ट्राफिकले रकम लगेर दिन नसकेमा १० घण्टा नबित्दै आफू कार्यरत रहेको ट्राफिक पोष्टबाट जिल्ला ट्राफिकमा तुरुन्त सरुवा हुने निश्चित रहेको गुनासो पनि गरे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१