१३ पुष २०८२, आइतबार

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन : नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र

Logo
news शनिबार, पुष १२, २०८२

विराटनगर । पुस १७ गते हुने पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनमा ६ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । आठ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

सभापतिमा नविन लामिछाने, डा. निरज कुमार मिश्र, नरेश कुमार साह र भुपेन्द्र बाह्रकोटी गरी चार जनाको उम्मेदवारी परेको छ ।
उपसभापतिमा शंकर प्रसाद दाहाल, दृष्टि वस्ती र जीवन थापा गरी तीन जना उम्मेदवार रहेका छन् । निवर्तमान उपसभापति जीवन थापाले पुनः उम्मेदवारी दिएका हुन् ।

महासचिव पदमा दुर्गा प्रसाद वास्तोला र डा. प्रसन्न दाहालबीच प्रतिस्पर्धा हुने भएको छ ।
सचिव पदमा पुकार चौधरी र दिक्षा पौडेल उम्मेदवार छन् । रमण कुमार कर्णले उम्मेदवारी फिर्ता लिएपछि सचिवमा दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो ।
कोषाध्यक्ष पदमा प्रमिला सिन्हा र अविनाश कुमार मण्डल उम्मेदवार छन् ।
खुला सदस्य पदमा रोहित शर्मा र भोला नाथ लुइँटेलको उम्मेदवारी परेको छ ।

निर्विरोध निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा महिला सदस्य अस्मिता श्रेष्ठ, इञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदीप के.सी. तथा जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहता रहेका छन् ।

बाँकी ६ पदका लागि पुस १७ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१