०५ भाद्र २०८२, बिहिबार

महानगरका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम

Logo
news बिहिबार, साउन ३०, २०८२

विराटनगर|ब्रम्हाकुमारी राजयोग सेवा विराटनगरले विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम दिइएको छ ।
तनावरहित जनप्रतिनिधि र कर्मचारीले मात्रै प्रभावकारी सेवा दिन सक्ने भन्दै ब्रम्हाकुमारी राजयोगले तालिम दिएको हो । महानगरको सभाहलमा आयोजित तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहमा मेयर कोइरालाले तालिमले जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न हौसला प्रदान गरेको बताए । ब्रम्हाकुमारी राजयोगका प्रशिक्षक राजु घलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । उनले सुख र दुःख आफूभित्रै हुने बताउँदै जीवनलाई कस्तो बनाउने भन्ने आफ्नै हातमा रहेको बताए । सुख–दुःख, खुसी–दुःखी, आशा–निराशा, सफलता–असफलता, सकारात्मक–नकारात्मक आफ्नै कारणले हुने उनको भनाइ थियो । प्रशिक्षक घलले सँगै मनमा सकारात्मक विचार लिनुपर्नेमा जोड दिए ।
ब्रम्हाकुमारी गीता कुमारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, जितन थापा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियासहित कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखका साथै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१