

विराटनगर,९ असार : काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले राष्ट्रष्यापी रुपमा“रुपान्तरणमुखि शिक्षामा अभ्यास” विषयक शिक्षक सम्मेलन आज बिराटनगरमा अवस्थित काठमाण्डौविश्वविद्यालयको विस्तारित कार्यक्रम, एस्पायर कलेजवाट विधिवत शुरुवात गरेको छ । कार्यक्रमकोसभापतित्व सि. पि. इ.सि. काठमाण्डौ विश्व विद्यालयका संदिप ढुंगानाले गनुभयो । ७ प्रदेश, ७सम्मेलन भन्ने नाराका साथ शुरु गरिएको उक्त कार्यक्रममा काठमाण्डौ विश्वबिद्यालय स्कुल अफएजुकेशनलका डीन प्रा.डा. बालचन्द्र लुइटेल मुख्य वक्ताकारूपमा उपस्थित हुनुभएको थियो ।
काठमाण्डौ विश्वबिद्यालय स्कुल अफ एजुकेशनका प्रा.डा. धनपति सुवेदी र स्टिंम एजुकेशन विभागकाप्रमुख डा विनोद प्रसाद पन्त साथै एस्पायर कलेजका अध्यक्ष्य बिकास अधिकारी ,कलेजका निर्देशकप्रतिक राउत, नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेल, शिक्षा विकास निर्देशनालय कोशीप्रदेश धनकुटाको निर्देशक कृष्ण प्र. पोरखरेलको उपस्थिती रहेको थियो । विशिष्ट व्यक्तित्वहरुलाईआफ्नो मन्तव्य मार्फत स्वागत गर्दै एस्पायर कलेजका प्रिन्सिपल चिन्तामणि बस्नेतले एस्पायर कलेजकाठमाण्डौं विश्वविद्यालयको नमुना कलेज हुने र हरेक क्षेत्रको लागि सिकाईको थलो बन्ने बताउनुभयो। शैक्षिक सम्मेलनलाई निरन्तरता दिने , उहाँले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै प्रमुख वक्ताप्रा.डा. बालचन्द्र लुइटेलले रुपान्तरणमुखि शिक्षा के, कसरी र कस्तो हुनपर्छ भन्ने विषयमा प्रस्तुतीकरणगर्नुभयो । आफ्ना विषयहरु राख्दै प्रा.डा. लुइटेलले विभिन्न प्रकारका सिकाई, वातावरण, सिकाई विधि,प्रकृया, सिकाई र मुल््याङ्कनका विभिन्न दृष्टीकोणहरुको चर्चा गर्नुभयो । कार्यक्रममा १८७ जना शिक्षकशिक्षिका र प्राज्ञीक व्यक्तित्वहरूको उपस्थिती थियो । शैक्षिक क्षेत्रमा लामो अनुभव लिएका कोशीप्रदेशका १४ वटै जील्लाबाट सहभागीता रहयो । कार्यक्रममा विभिन्न विषयमा सोधपत्र प्रस्तुतीकरणभयो । काठमाण्डौ विश्वबिद्यालय स्कुल अफ एजुकेशनका प्रा.डा. धनपति सुवेदी र उ.प्रा. डा. बिनोदपन्तले शिक्षामा सरोकारका विषय तथा नेतृत्व विकासका विषयमा १ घण्टा कार्यशाला सन्चालनगर्नुभयो ।
कार्यक्रममा शिक्षा सम्बन्धि विभिन्न विषयमा २० बटा समानान्तर सत्र सञ्चालन भए । इनोभेटिभपेडागोजी, ए.आई इन एजुकेशन, रुपान्तरणका लागि नेतृत्व, डिफरेन्सियटेट इन्सट्रक्सन लगायतकाविषयमा अन्तरक्रिय तथा छलफल गरि कार्यशाला समेत गरियो । प्राज्ञीक व्यक्तित्व बिच विभिन्नविषयम प्यानल चर्चा गरि उपस्थित सहभागि शिक्षकहरुलाई लाभप्रद कार्यक्रम सम्पन्न भयो ।