२५ आश्विन २०८३, आइतबार

धरान –विराटनगरमाचल्ने सवारीसाधनलाई लक्षित गरी ‘टाइम कार्ड’ लागू

Logo
news शनिबार, मंसिर १५, २०८१

मोरङ \सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत कोशी प्रदेशमा यात्रुवाहक बसलाई लक्ष्य गर्दै टाइम कार्ड लागू गरिएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछिया चोकमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘टाइम कार्ड’ लागू भएको घोषणा गरेका हुन्।

सवारी दुर्घटना न्यून गर्नका लागि अभियान अघि बढाएको बताउँदै उनले हाल पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी ‘टाइम कार्ड’ लागू गरिएको बताए।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक सरोज श्रेष्ठले टाइम कार्डबाट यात्रामा सहजता हुने विश्वास लिए। उनका अनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको जानकारी दिए। त्यसैगरि हाल इटहरीदेखि धरानसम्मको २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि छुट्याइएको श्रेष्ठले बताए।

टाइम कार्डले काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ। झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि १ घण्टाको समय निर्धारण गरिएको छ।

कोशी प्रदेशमा सवारी दुर्घटना हुँदा पछिल्लो २ सातामा २५ जनाको मृत्यु भइसकेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीले जनाएको छ। सडकमा चाडो पुग्ने, ट्राफिक नियम उल्लंघन र यात्रु जथाभावी चढाउने होडबाजीसँगै सडकको खराब अवस्थाका कारण दुर्घटना बढ्दै गएको बुझाइ ट्राफिक कार्यालयको रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१