२५ आश्विन २०८३, आइतबार

ग्रामथानमा कांग्रेसले चुनाव जित्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दावि, पार्टीलाइ असहयोग गर्नेलाइ कारवाही गर्ने चेतावनी

Logo
news शनिबार, मंसिर ०८, २०८१

विराटनगर\नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रमाथि चारैतिरबाट आक्रमण भएकाले ग्रामथानमा कांग्रेसलाइ हार्ने छुट नभएको बताउनुभएको छ ।


नेपाली कांग्रेस ग्रामथान गाउँपालिका चुनाव प्रचार प्रसार समितिले शनिबार तेतरीयामा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाइ जित्नै पर्ने बाध्यता भएको बताउनुभएको हो ।


उहाँले ग्रामथानमा नेपालीकांग्रेसले आफ्नो शाख जोगाउने बताउदै कांग्रेसका उमेदवारले चुनाव जित्ने बिस्वास व्यक्तगर्नुभयो ।
उहाँले ग्रामथानमा कांग्रेसले हार्न नहुने बताउदै कांग्रेस प्रति धोका धडि गर्ने जोकोहिलाइ पनि पार्टीले कारर्वाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, चुनावमा कांग्रेसलाइ जस्ले घात गर्छ त्यसलाइ कडा कारवाही हुन्छ, ।नेपाली कांग्रेस ग्रामथान गाउँपालिका चुनाव प्रचार प्रसार समितिले शनिबार ग्रामथान गाउँपालिका ३ सिद्राहामा घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।


नेपाली कांग्रेस मोरंग सभापती तथा पुर्वमन्त्री डिगबहादुर लिम्बु, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कँंग्रेस ,मोरंगका सचिब ललीत बहादुर श्रेष्ठ , नेपाली कांग्रेसका नेता दिलीप गच्छदार , गुरुराज घिमिरे, लगायतका नेताहरु ग्रामथान कांग्रेसलाइ जिताउन मौर्चाबन्दी गरेर चुनावि अभियानमालाग्नुभएको छ ।

ग्रामथानको , सिद्राहा, मोतीपुर, गिधनीया लगायतका स्थानहरुमा नेपाली कांग्रेसका उमेदवार बलराम सरदार (थारु) सहितको टोलिले मतमागेर घरदैलो कायक्रम सम्पन्न गरेका छन ।


घर दैलो कार्यक्रममा युवाहरुले कांग्रसका उमेदवार बलराम सरदार (थारु)लाइ नै मत दिएर जिताउने उद्घोष गरेका छन । स्थानीयले सिद्राहामा एक सय जनाको समुह बनाएर मत चोरी हुन सक्ने भन्दै निगरानी समुह बनाएका छन । उनिहरुले कांग्रेसका मत सुरक्षीत गर्नलाइ सो समुह निर्माण गरेका हुन । त्याहा मात्र होइन युवाहरुले सबै वडामा एक सय जनाको निर्वाचन निगरानी बनाएर बलराम सरदार थारुलाइ जिताउन लागि परेको देखिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१