११ चैत्र २०८१, मंगलबार

निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने –मुख्यमन्त्री कार्की

Logo
संवाददाता बिहिबार, भाद्र २७, २०८१

मोरङ,२७ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनु भएको छ।
नेपाल उद्योग व्यापार महासंघ कोशीद्वारा आज मोरङको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम वजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ संकल्पित रहेको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले मुलुकको आर्थिक क्षेत्रलाई चलायमन गराउन निर्यातलाई प्रवद्र्धन गर्ने र आयातलाई प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिनु आजको आवश्यक्ता भएको चर्चा गर्नु भयो ।
उहाँले प्रदेशको विस २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजननामा कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले नीजी क्षेत्रको सहकार्यमा विस २०८१ मा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सयबटा कृषि, उद्योग, पर्यटन , सूचना प्रविधि र जलश्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास राख्नु भयो ।
उहाँले नीजि क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसवाट कृषिको बजारीकरण,कृषकलाई उत्पादनमा सहयोग पुग्ने विश्वास राख्नु भयो ।
कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधिकरण गरी यसको बजार विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विस २०८१ –९१ कृषि लगानी दशक घोषणा गरेको छ भन्दै यस कार्यले कृषि क्षेत्रमा नीजिक्षेत्रको सहभागिता कायम भै कृषिमा व्यवसायिकरण हुने विश्वास व्यक्त्त गर्नु भयो ।
मन्त्री अधिकारी कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सञ्चालन गरी कृषि प्रवद्र्धनमा सहयोग पु¥याउन पर्नेमा जोड दिनु भयो ।
महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्विस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ , कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा नीजि क्षेत्रलाई आकर्षित गरि निर्यात गर्न सकिने धारणा राख्नु भएको थियो ।
चारदिनेसम्म सञ्चालन हुने उक्त्त एक्स्पोमा १३० बटा स्टलमा कोशी प्रदेश, भारतको विहार र वङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षि, पर्यावरण– मैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल , नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती , कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको छ
एक्स्पोमा कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउन एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ ।

एस्पोका अध्यक्ष राजेन्द्र राउतको सम्वोधनको अंश


क्स्पोमा सहभागी हाम्रा सम्पूर्ण अतिथिगढ लगायत यस समारोहमा उपस्थित उद्योगी व्यवसायी लगायत आदरणीय दाजु भाई दिदि बहिनीहरुमा मेरो न्यानो अभिवादन सहित स्वागत गर्दछु ।
विशेषगरी हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्ततम् कार्यक्रमका वावजूद हामीलाई समय प्रदान गर्नु भएकोमा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिकमतकुमार कार्कीज्यू र विशेष अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीज्यूप्रति आभार व्यक्त गर्दछुु ।

कोशी प्रदेशको प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि , बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्र्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले कोशी प्रदेशमा पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पो २०८१ को आयोजना गर्ने जमर्को गरेको छ ।
कोशी प्रदेश , कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयल र नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यालयले प्रवद्र्धन गरेको यस एक्स्पोमा नवीनतम् औजार, यन्त्र तथा प्रविधि,कृषि उपज वस्तु, भेटनरी, अलैंची, डेरी लगायतको प्रदर्शनी रहेको छ भने कृषि विज्ञसंग छलफल तथा सेमिनार, नयां नयां अनुुुसन्धान र परियोजनाहरुको प्रस्तुती गर्ने कार्यक्रम छ ।
नेपालको कुरा गर्दा कोशी प्रदेश व्यवसायिक कृषिको लागि नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट र्नियात हुने अलैची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दुध, मासु, छुर्पि र जडिबुटीहरुको मुख्य उत्पादन क्षेत्र हो यो । नेपालबाट बिदेश निर्यात हुने अलैची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशत भन्दा ठूलो हिस्सामा यो राज्यको योगदान रहने गरेकोछ । त्यसरीनै देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि हो यो । यो प्रदेशले आफुलाई पुर्याएर बढि भएको तिन लाख मेट्रिक टन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिन्छ ।
यहाँबाट ठूलो मात्रामा बेमौसमी तरकारी भारत तर्फ र केरा लगायतका फलफुल काठमाण्डौ तथा अन्य सहरी क्षेत्रमा निर्यात गर्ने गर्छ । मासु, दुध, चीज, छुर्पि जस्ता उत्पादनमा यो क्षेत्र अगाडी छ भने बंगुर पालनमा यो क्षेत्रको योगदान ३७ प्रतिशत भन्दा माथी रहेको छ । माछा, मासुको माग बढे संगै कुखुरा तथा माछा पालनमा यो क्षेत्रले तिब्र गतिमा प्रगती गरिरहेको छ । देशमा रहेका कृषि उत्पादन प्रशोधन गर्ने धेरै उधोगहरु यो प्रदेशमा रहेकाछन । जसमध्ये धानचामल, जुट, दुध प्रशोधन, चिया, पशुदाना, मैदा तथा फलफुल तरकारी प्रशोधन गर्ने उधोगहरु मुख्य रहेकाछन । धेरै जसो उधोगलाइ चाहिने कच्चा पदार्थ यो प्रदेशमै उत्पादन भैरहेकोछ भने केहि उधोगहरु बिदेशी कच्चा पदार्थमा आधारित रहेकाछन । जसमध्ये जुट उधोगहरु बिगतमा स्वदेशी उत्पादनमै चलेका थिए तर जुट उत्पादन क्षेत्र निरन्तर रुपमा घटदै जाँदा धेरैजसो जुट उधोगहरु आयातित कच्चापदार्थमा आधारित हुदै संचालनमा रहेकाछन ।

यो प्रदेशका संभावनाहरु
संभावनाहरु धेरै छन तर आज पनि देशको कृषि बस्तु आवश्यकताको ठूलो हिस्सा आयातित कृषि उत्पादनले ओगटी रहेकोछ । पूर्वि नाकाबाट आयात भैरहेका कृषि बस्तुहरुमा धान, चामल, मकै, आलु, कोदो, दालबाली, तरकारी, फलफुलको परिमाण ठूलो छ । हालको अवस्थामा यो कुरा नकारात्मक भए पनि अवसरको रुपमा हेर्ने हो भने यो अवस्था कोशी प्रदेश तथा देशकैलागि अवसर पनि हो । किनकी यी सबै बस्तुहरुको उत्पादन यो प्रदेशमा तथा देशका अन्य भागमा संभव छ र धान खेती पछी बाझै रहने तराईको जमिनहरु तथा बिस्तारै बाझिदै गैरहेको पहाडको ठूलो भूभागहरुमा ठूलो मात्रामा यी बस्तुहरु उत्पादन बढाउन सकिन्छ । अहिले पनि यो प्रदेशले देशको खाद्यान्न, केरा, दुध, मासु, चिया, आलु, तरकारीहरु, सुपारी, मसलाहरुको आवश्यकताको ठूलोमात्रामा आपूर्ति गरिरहेको छ । एभोकाडो, किवी, ड्रागनफ्रुट, स्ट्रबेरी, मह उत्पादनले नयां संभावनाहरु देखाईरहेकाछन । माछा, बंगुर र बाख्रापालन पशुपालनको क्षेत्रमा तिब्र बिकास भैरहेका क्षेत्रहरु हुन जसमा अझै धेरै बिकासका संभावनाहरु रहेकाछन । यस्ता वस्तुको उत्पादनको लागि सरकारले वातावरण वनाएर उद्योग स्थापना गर्न सहज गरेको खण्डमा आयातमा निरुत्साहित हुनका साथै स्वदेशी उद्योग स्थापनामा आकर्षण बढ्ने थियो ।
प्राथमिकता तोकौ र अभियान श्रृजना गरौ
नेपाल सबै भन्दा राम्रो उत्पादन गर्नसक्ने र प्रतिस्पर्धि उत्पादन गर्न सक्ने कृषि बस्तुहरुलाई प्रार्थमिकतामा राखौ । हाम्रो पहाडमा उत्पादन भैरहेको अलैची, चिया, छुर्पि,ताजा तरकारी, अदुवा, दुध, पशुपालन, जडिबुटी, फलफुलले आन्तरिक तथा बाहृय बजारमा आफनो पहिचान बनाईसकेको छ । यि सबै हाम्रा आफना उत्पादन र हाम्रो परम्परागत ज्ञान सिपमा आधारित उत्पादनहरु हुन । यी कृषि बस्तुहरु अझै ठूलो स्तरमा उत्पादन गर्न सकिन्छ । उत्पादनसंगै उत्पादित बस्तुहरुको गुणस्तर बढाउने कुराहरु, बजारसम्मको आफनै पहुच बढाउने कुरा र निर्यातको लागि कानुनी अवरोधहरुको सहजिकरण हामीले तत्काल गर्नुपर्ने कार्यहरु हुन ।
उत्पादन लागत घटाउन कृषिको यान्त्रीकरण अपरिहार्य छ । तर ठाँउ अनुसारका उपयुक्त र सर्वसुलभ मेसिन औजारहरु खोजी गर्ने र तिनको प्रयोग गर्ने सिप सिकाउने कुरा आज एकदमै जरुरी भएकोछ । यो सबैकालागि सरकारी निजि साझेदारीमा सघनरुपमा अभियान श्रृजना गरेर जान सकिन्छ जस्ले बिविध उत्पादनका परिमाणात्मक क्षेत्रहरु बिकास गर्न सक्छ । उत्पादनको परिमाणले बजार र ति उत्पादित बस्तुहरुको मुल्यको निर्धारण गर्नसक्छ । परिणाम स्वरुप दिगो र भरपर्दो कृषि क्षेत्रको बिकास गर्न सकिन्छ ।
सकारात्मक रुपान्तरणको लागि तदारुकताकासाथ गर्नुपर्ने केहि मुख्य कुराहरु
– कोशी प्रदेश तथा देशका अन्य भागबाट भारत तर्फ निर्यात भैरहेका धेरै कृषि उत्पादनहरु दुइ देशका बिच आयात निर्यात हुने बस्तु सुचीमा समाबेश छैनन ति कृषि उत्पादनहरु दुइदेश बिच हुने संझौताहरु मार्फत यथासिध्र आयात निर्यात हुने बस्तु सुचीमा समाबेश गरिनुपर्छ ।
– देशमा धुलो दुध तथा छुर्पिको उत्पादन र निर्यात बढेसंगै ठूलोमात्रामा उत्पादन हुने नौनी, घिउ तथा धुलो दुधलाइ देशभित्रै खपतकोलागि राज्यकोषबाट रासन खाने ठुलो संख्यामा रहेका सेना प्रहरी मार्फत ब्यवस्थापन गर्नसकिन्छ । जुन कुरा सरकारको एउटै निर्णयबाट समाधान हुनसक्छ।
– देशबाट अरबौं मूल्यमा निर्यात भैरहेको छुर्पिको गुणस्तर ब्यवस्थापनमा सरकारले तुरुन्त पहलकदमी लिनुपर्ने हुन्छ । यो कुरा हजारौ किसानहरुले दैनिकरुपमा उत्पादन गरिरहेका करोडौ लिटर दुधसंग जोडिएकोछ ।

– प्रदेशमा स्थापना भएका बिषादी परिक्षण गर्ने प्रयोशालाहरुलाई हालसम्मपनि केन्द्रबाट स्विकृति नदिएका कारण ति प्रयोगशालाहरु पूर्णरुपमा संचालनमा हुनसकेकाछैनन । त्यसका कारण जनस्वास्थसंग प्रत्यक्ष सरोकार रहेको तरकारी तथा फलफुल मार्फत मान्छेको भान्सामा पुग्ने बिषादी नियन्त्रणमा राम्ररी काम हुनसकेकोछैन । प्रदेशको मूख्यमन्त्री तथा मन्त्रिपरिषदको निर्णय सहित स्विकृतिकोलागी पठाइएका यस्ता कुराहरुमा तुरुन्त निर्णय हुनु आवश्यक रहेकोछ। यो निर्णयबाट हाल झापाको बिर्तामोडमामात्र रहेको बिषादी परिक्षणको सुविधालाइ प्रदेशका बिभिन्न ठाँहरुमा बिस्तार गर्न सकिन्छ ।
– प्रदेशमा रहेका कृषि फार्म र अनुसंधान केन्द्रहरु सकेसम्म कर्मचारी दरबन्दीसहित प्रदेशमा हस्तान्तरण हुनुपर्ने त्यो नहुँदापनि प्रदेशको प्रत्यक्ष समन्वयमा तिनिहरुको कृयाकलाप संचालन हुन आवश्यक रहेकोछ।
– प्रदेशलाइ चाहिने बिभिन्न बाली तथा पशुपन्छिका जात ब्रिडहरु भित्र्याउने हालको प्रकृया अत्यन्तै झन्झटिलो तथा पारदर्शि नभएकोले यो निर्णय प्रकृयामा संवन्धित प्रदेश मन्त्रालयहरुको प्रत्यक्ष संलग्नता गरिनुपर्ने । यो प्रकृयामा परिक्षण गर्ने कामकोलागि ल्ब्च्ऋ बाहेक निजी अनुसंधान तथा प्रविधि बिकाससंग संवधित संस्थाहरुलाई पनि अनुमती दिन अति आवश्यक भैसकेकोछ।
– देश∕प्रदेशलाई उपयोगी हुनसक्ने प्रविधि र जात∕नस्ल भित्र्याउने कुरामा हाल राज्यका संवन्धित निकायहरु या त निष्कृय रहेकाछन या अवरोधक जस्तो भएकामा उनिहरु स्वस्फुर्त इनीभेटिभ तथा सहजिकरण गर्ने खालका हुनु आवश्यक छ ।
– देशको कृषि क्षेत्र ज्यामी अभावमा पिल्सिरहेको हालको अवस्था र हाम्रो उच्च उत्पादन लागत घटाउदै हाम्रा कृषि उत्पादनलाई प्रतिस्पर्धि बनाउन कृषिमा भरपर्दो यान्त्रिकरण अभियान सर्वसुलभ तथा पारदर्शि कार्यप्रणालीमा आधारित बनाउन जरुरीछ ।
– यो प्रदेश फलफुल,आलु तथा अन्य बिभिन्न तरकारी उत्पादनमा अग्रणि रहेपनि उत्पादन पर्यन्त गरिनुपर्ने भण्डारण क्षमतामा कमजोर रहेकोले यो प्रदेशले पुर्याउन सक्ने योगदान गर्नसकिरहेकोछैन । त्यसकारण भण्डारण क्षमतामा निक्कै धेरै बढाउन जरुरीछ ।
– प्रदेशमा रहेका बिभिन्न बर्षैभरी बग्ने नदिखोलाहरुबाट पानी पम्पगरी तुरुन्तै सानो लगानीबाट सिंचाइ क्षमतालाई अधिकतम बढाउन सकिन्छ । जसबाट देशबाट बगेर खेर गैरहेको पानीले देशभित्रै सिंचाइ क्षमता बढाउन सकिन्छ र भूमिगत जलभण्डारलाइ पुनभरण गर्नसकिन्छ ।
– आयातित कृषि औजारहरु स्वदेशमै उत्पादन गर्न प्रोत्साहित गरेमा सक्षम रहेको कुराको प्रमाणित ःबमभ ष्ल ल्भउब िका उत्पादनहरुबाट लिन सकिन्छ ।
-समयमै मल खाद्य किसानहरुले नपाईरहेको अवस्थामा केन्द्रिय सरकारले प्रदेश सरकार मार्फत मल आयात गर्न अनुमति दिनु पर्दछ जसबाट समयमै मल खाद्यको व्यवस्था हुनसक्दछ ।

निस्कर्ष
माथी उल्लेख गरिएका कुराहरु केहि उदाहरणहरु हुन । यँहा उठाइएका कुराहरु र समाधानका उपाएहरुलाई कृषकहरुसम्म प्रत्यक्ष पुर्याउने उदेश्यहरुका साथ यसैलाई दृष्टिगत गरी देशको औधोगिक राजधानी तथा कृषि अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कोशी प्रदेशको राजधानी बिराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बृहत कृषि प्रदर्शनीको आयोजना गरेको छ । यहाँ कृषिको प्राथमिक उत्पादन, कृषि प्रशोधन उद्योगका उत्पादन, कृषि औजार तथा उपकरण एवं कृषि सम्वन्धी अध्ययन, अनुसन्धान्न तथा कार्यक्रमबारे जानकारी सहितको समग्र विषय समेटिएका छन् । प्रदेश भित्र मात्र नभई देशभर र भारतका शहरहरुबाट समेत बस्तु तथा सेवा, सीप, औजार र उपकरणको प्रदर्शनी रहेको छ । यसलाई उत्पादकका लागि सहयोगी सामग्री तथा उपकरण प्राप्ती मात्र नभई उत्पादनको बजार पहिचानमा समेत सहयोग पुग्ने छ । प्रदर्शनीले नीति निर्माता, कृषि क्षेत्रका सरोकारवालाहरू, किसानहरु, कृषि व्यवसायीहरु, आपूर्तिकर्ताहरु र उद्योग क्षेत्र सरोकारवालाहरु, कृषि क्षेत्रका सम्भाव्य लगानीकर्ताहरु लगायतका विचमा प्रत्यक्ष अन्तरक्रिया भई आगामी दिनमा यस प्रदेशमा मात्र नभई नेपालको कृषि क्षेत्रको विकासको नयाँ मार्गचित्र निर्धारण र कार्यान्वयनमा सम्वन्धित सबै पक्षलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पोलाई हरेकवर्ष निरन्तरता दिने सोच राखेको छ तर महासंघको सीमित श्रोत र साधनबाट मात्र यसको आयोजना गर्न सम्भव नभएको हुंदा यसका लागि केन्द्रीय सरकार र प्रदेश सरकारबाट समेत सहकार्य गरेर अगाडी बढ्नु पर्ने हुन्छ । यस समारोहमा माननीय मुख्यमन्त्रीज्यू र केन्द्रिय कृषि मन्त्री उपस्थित हुनुहुन्छ यस सम्वन्धमा आवश्यक निर्णय हुन अनुरोध गर्दछु ।
कृषि मेला, महोत्सव, प्रदर्शनीहरुमा प्रविधि भित्र्याउने तथा सहकार्य श्रृजना गर्ने अवसरहरु हुन । यस्ता अवसरहरु सकारात्मक रुपले सदुपयोग गर्न सक्नुपर्छ । बल्ल यस्ता मेला महोत्सवहरु उपयोगि हुनसक्छन ।आ आफ्ना सानातीना स्वार्थबाट मुक्त हुदै दृढ अठोटका साथ ईमान्दार प्रयास गर्ने हो भने यो प्रदेश अनि देशकै समृद्धिका अपार संभवनाहरु हामीसंग रहेकाछन । आर्थिक संमृद्धि र देशमै सुरक्षित रोजगारीका संभावनाहरु हामीसंग जतिपनि छन । त्यसैले हाम्रो रुपान्तरणकोलागि सामुहिक अभियान श्रृजना गर्न लागि परौ भनि सबै सरोकारवालाहरुलाई आव्हानपनि गर्न चाहन्छु ।
अन्त्यमा,
यस कृषि एक्स्पोलाई सफल बनाउन सहयोग गर्नु हुने कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगर पालिका, कटहरी गाउंपालिका, स्वीस सरकार एसडीसि, सहज परियोजना, एक्स्पोलाई प्रायोजन गर्नुहुने मुख्यप्रायोजक ग्लोबल आईएमई बैंक, प्रायोजक बोहरा ग्रुप, कृषि विकास बैंक, मुक्तीनाथ कृषि कम्पनी लि., सहप्रायोजक एनएमवी बैंक, नविल बैंक,सिद्धार्थ बैंक, जहदा गाउंपालिका, बुढीगंगा गाउं पालिका लगायत स्टल राखी सहयोग गर्नु हुने सम्पूर्णमा आभार सहित धन्यवाद दिन चाहन्छु । यसैगरी एक्स्पोमा स्टल राखी सहयोग गर्ने भारतीय उद्यमी व्यवसायीहरु, मेड इन नेपालका उद्यमी व्यवसायीहरु, कृषि अनसन्धान केन्द्र तरहरा, प्रदेश कृषि निर्देशानालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था प्रति आभारी छु । एक्स्पोलाई सफल बनाउन सहयोग गर्नु हुने यस महासंघ अन्तरगत रहेका कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट्स सदस्यहरुप्रति विशेष आभारी छु । यो समुद्घाटन सत्रमा म सबैलाइ संझन चाहन्छु , तपाइहरुको साथसहयोग बिना एक्स्पोको आयोजना संभव थिएन । यो हाम्रो साझा अभियानले हामीले परिकल्पपना गरेका उदेश्यहरु पुरा गर्न सकोस ।
धन्यवाद । नमस्कार ।।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१