२८ कार्तिक २०८२, बिहिबार

सिद्धबाबा ब्रान्डको तेल बेच्ने कम्पनीको व्यापार बढ्यो

Logo
news मंगलबार, कार्तिक १२, २०८२

सिद्ध बाबा ब्रान्डको विभिन्न तेल बेच्ने बाबा भेजिटेबल आयल इन्डष्ट्रिजले एकै वर्ष करिब ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ९१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२४ मा २ अर्ब २ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ३ अर्ब ६७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १९१ प्रतिशतले बढेको छ । कम्पनीकाअनुसार गत आवमा भारतमा उच्च तेल निर्यात हुँदा व्यापारमा उछाल आएको हो । सन् १९९३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी देशभर बिक्री वितरणका साथै भारतमा निर्यात गर्दै आएको छ ।कम्पनीले वार्षिक ४५ हजार मेट्रिक टन भटमास, पामोलिन र सनफ्लावर तेल प्रशोधन गर्दै आएको छ ।

कम्पनीले आन्तरिक बजारमा सिद्ध बाबा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।कम्पनीको विराटनगर, काठमाडौं र पोखरामा डिपो छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ५८ करोड ३४ लाख रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि ५८ करोड ३४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँको रेटिङ गराएको हो ।भारत सरकारले कच्चा तेल आयातमा भन्सार दर बढाएसँगै नेपालबाट उच्च तेल आयात गरेका छन् । भारत सरकारले कच्चा तेलको आयातमा २० प्रतिशत र रिफाइन्ड तेलमा ३२.५ प्रतिशत भन्सार दर बढाएकाले भारतीय व्यवसायीहरुले नेपालबाट तेल आयात गर्दै आएका छन् । जसले गर्दा नेपाली तेल उद्योगीहरु मालामाल भएका छन् । कम्पनीले गत आवमा व्यापार गरेकोमध्ये ८८ प्रतिशत हिस्सा निर्यातको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा तेल आयात गर्दै आएको छ । कम्पनीले अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया र युक्रेनबाट कच्चा तेल आयात गर्दै आएका छन् ।कम्पनीले कारोबार गरेकोमध्ये ९० प्रतिशत हिस्सा कच्चा पदार्थको छ । कम्पनीले गत आवमा ५.७० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा कम्पनीले घाटा व्यहोरेको थियो ।कम्पनीको अध्यक्ष प्रकाशकुमार मुन्डारा हुन् । उनीसँगै व्यवस्थापन सदस्यमा सुरेशकुमार राठी छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१