१९ बैशाख २०८२, शुक्रबार

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाउने

Logo
संवाददाता बिहिबार, भाद्र १३, २०८१

विराटनगर / शाहमामेह खेलकुद तथा सांस्कृतिक संघ अष्ट्रियाले आयोजना गर्ने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले सहभागिता जनाउने भएको छ ।
सन् २०२० मा अष्ट्रियामा साढे दुई दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका समाजसेवी दिलकुमार घमालको अग्रसरतामा स्थापित एनईएससीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । आगामी सेप्टेम्बर ७ तारिखमा हुने प्रतियोगितामा नेपाली टोलीसहित १६ देशका खेलाडीहरुले सहभागिता जनाउने एनईएससीका सल्लाहकार विकास कार्कीले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन एनईएससीले प्रयास गरिरहेको कार्कीको भनाइ थियो । प्रतियोगितामा सहभागी हुने खेलाडीको टुंगो लागिसकेको सल्लाहकार काकीले बताए । एनईएससीले यसअघि पनि विभिन्न देशमा भएका प्रतियोगितामा सहभागिता जनाउँदै आएको थियो । प्रतियोगिताले देशको नामसँगै कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुग्ने उनको विश्वास थियो । चार महादेशका ३४ देशका १२५ भन्दा बढी सहरमा प्रतिस्पर्धामा भाग लिएर ६ दर्जनभन्दा बढी मेडल, ट्रफी, उत्कृष्ट खेलाडीको उपाधि जितेका अष्ट्रियाका राष्ट्रिय खेलाडी विनय कार्कीसहितका नेपाली एनआरएन परिवारले समेत एनईएससीका तर्फबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि हौसला प्रदान गरिरहेको अध्यक्ष घमालले जानकारी दिए । प्रतियोगितामा संघमा आबद्ध खेलाडीहरुले उच्च मनोबलका साथ खेल्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१