११ चैत्र २०८१, मंगलबार

विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी हुने

Logo
संवाददाता सोमबार, भाद्र १०, २०८१

काठमाडौं, ९
मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले विराटनगरमा नारी उत्सव २०८१’ प्रदर्शनी गर्ने भएको छ । हरितालिका तीजको अवसरमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा सो प्रदर्शनी आयोजना गरिने भएको हो ।
संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिको सहकार्यमा तीन दिने प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । प्रदर्शनीमा महिलाहरुको घरायसी उत्पादनलाई प्रत्यक्षरुपमा बजारमा ल्याई आफ्नो सक्षमता झल्काउने र आत्मविश्वास बढाउने अवसर
प्रदान गर्ने संघका अध्यक्ष अनुपम राठीले बताए । साथै, उनीहरुलाई बजारीकरणमा मदत पुन्याउने, सक्षमता दर्शाउने एवं आत्मनिर्भर बनाउने उद्देश्य लिएको उनले जानकारी दिए । उत्सवमा सबै प्रकारका स्थानीय औद्योगिक / व्यावसायिक उत्पादनहरु समेत प्रदर्शन गर्ने अवसर प्रदान गरिने राठीले बताए । स्थानीय बजारको प्रवर्द्धनका लागि जोड दिने, निर्यातयोग्य वस्तुहरुको पहिचान गरी अवसर सिर्जना गर्न मद्दत पुन्याउने, उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्नेलगायतका गतिविधिहरु गराई स्थानीय आर्थिक विकासमा योगदान पुयाउने प्रदर्शनीको तत्कालीन लक्ष्य रहेको छ। साथै, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा सलग्न महिला उद्यमीहरुको प्रवर्द्धन एवं उत्थान गर्ने दीर्घकालीन र मध्यकालीन लक्ष्य समेत लिएको संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले जानकारी दिइन् । उनका अनुसार बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म हुने नारी उत्सवमा दर्शकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था रहने छ । साथै, उत्सवमा उत्पादनहरु प्रदर्शनीका लागि एसी र ननएसी गरी करिब ६० वटा स्टलहरु राखिने शर्माले बताइन् । त्यस्तै, उत्सवमा अठार वर्षमाथिका महिलाहरुका लागि तीज क्विन २०८१ प्रतियोगिताको समेत आयोजना गरिने भएको छ साथै प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारहरुबाट सांगीतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ । उत्सवमा विभिन्न रचनात्मक र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१