०१ बैशाख २०८३, मंगलबार

कोशी अस्पतालमा पहिलोपटक आँखाको फेको शल्यक्रिया सम्पन्न

Logo
News बिहिबार, आषाढ २७, २०८१

काठमाडौं- कोशी अस्पतालले फेको प्रविधिबाट मोतियाबिन्दुको दुई सफल शल्यक्रिया सम्पन्न भएको छ। गत मंगलबार मोरङको ग्रामथान गाउँपालिका–६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको हो। यो आँखाको आधुनिक प्रकारको शल्यक्रिया हो। जसलाई फेको इम्र्फिकेसन सर्जरी पनि भनिन्छ।

डा आस्मा केसी,डा निश्चल घिमिरे लगायत ६ जनाको टिमले उत्त शल्यक्रिया सफल रुपमा सम्पन्न गरेको अस्पतालकी आँखा विभागकी प्रमुख डा आस्मा केसीले स्वास्थ्य खबरलाई बताइन्। अस्पतालमा आधुनिक प्रविधिद्वारा मोतियाबिन्दुको शल्यक्रिया भएको पहिलो पटक हो।

कस्तो प्रकारको शल्यक्रिया हो, इस्मल इन्सिजन क्याटट्याक्ट सर्जरी?
यो आधुनिक प्रकारको आँखाको शल्यक्रिया हो। फेको इम्र्फिकेसन सर्जरीमा एकदमै सानो घाउ बनाएर अल्ट्रासाउन्ड मेसिनको सहायताले गरिन्छ। यस्तो शल्यक्रियामा घाउ एकदमै सानो हुने गर्छ। शल्यक्रियाको क्रममा आँखाको नानीमा २.८ मिलिमिटरको घाउ बनाएर यस प्रकारको शल्यक्रिया गरिन्छ। यो आधुनिक प्रविधिको शल्यक्रिया भएकोले यस प्रकारको शल्यक्रिया गर्दा घाउ सानो तथा बिरामीहरु चाँडो निको हुन्छन्।

कस्तो समस्या हुँदा यस प्रकारको सर्जरी गरिन्छ?
प्राय उमेर ढल्कदै जाँदा मोतियाबिन्दु भएर आँखा देख्न नसक्ने बिरामीहरुलाई यस प्रकारको शल्यक्रिया गरिन्छ। उमेर ढल्कदैं जाँदा आँखाको लेन्समा आएका खराबी तथा मोतियाबिन्दुको समस्या आउने गर्छ। शल्यक्रिया पश्चात् आँखाको दृष्टिमा सकारात्मक परिवर्तन आएको प्रतिक्रिया बिरामीले दिइसकेको डा केसीले बताइन्।

मोतियाबिन्दुको शल्यक्रियाका लागि ढिलो गरेमा शल्यक्रिया गर्न असहज हुने उनी बताउँछिन्। मोतियाबिन्दुका कारण बिरामीहरुमा सामान्य घरायसी काम गर्न समेत असहज हुने तथा ज्यादै उज्यालोमा काम गर्न नसक्ने समस्या हुनसक्ने छ।

मोतियाबिन्दुको प्रकार अनुसार बिरामीहरुमा लक्षण देखा पर्नेगर्छ। कतिपय बिरामीहरुले समयमा नै आफ्ना समस्या थाहा नपाउँदा उनीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने गरेको डा केसी बताउँछिन्।

धेरै वर्ष पहिले आँखाको शल्यक्रिया गरिए पनि विगतमा ओपिडी सेवा मात्रै उपलब्ध भएको कोशी अस्पतालमा हाल मोतियाबिन्दुका साथै आँखामा मासु पलाएको लागयतका रोगको समेत शल्यक्रिया हुने गरेको छ। कोशी अस्पतालको आँखा विभागको ओपीडिमा दैनिक २५ देखि ३० जना विरामी आउने गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१