११ चैत्र २०८१, मंगलबार

अनन्या र आदित्यको ब्रेक अप !

Logo
News आइतबार, बैशाख २३, २०८१

काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए ।

अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् । 

यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरुको ब्रेकअपको हल्लाले तिब्रता लिएको थियो । त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि उ तिम्रो हो भने अवश्य फर्किनेछ । यो सबै तिमीलाई पाठ सिकाउन को लागी हो । तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि उ तिम्रो हो भने फर्केर आउनेछ । यदि तपाइँ विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाइँको हो । किनभने यो तपाइँको लागि बनाइएको थियो, तर यो तपाइँको भाग कहिल्यै छैन । यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन ।’

अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सार्बजनिक रुपमा भने दुवैले आफ्नो सम्बन्ध बारे अहिलेसम्म चर्चा गरेका छैनन् ।
 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१