११ चैत्र २०८१, मंगलबार

वातावरण दिवसको अवसरमा भक्तपुरमा बृक्षारोपण

Logo
News बुधबार, जेठ २३, २०८१

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले बृक्षारोपण गरेका छन् । वातावरण दिवसको अवसरमा राष्टको लागि दुईघण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक रयाली निकालेको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो । साथै दिवसको अवसरमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाले एकदिने हरित प्रदर्शनी गरेको छ । नगरपालिका भबन खरिपाटीमा विहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँंझ चार बजेसम्म हुने जनाइएको छ । साथै नेपाल इको प्यानलले पनि दिवसकै अवसरमा जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पाेरेट कार्यालय बृक्षारोपण गरेको छ । उता ख्वप कलेज भक्तपुरले पनि दिवसकै अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ । 
 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१