विराट व्यापार संघले असोज २२ देखि ३० सम्म विराट ट्रेड फेयर गर्ने भएको छ । विराटनगरमा करिब दुई लाखभन्दा बढी दर्शक तथा अवलोकनकर्तालाई लक्षित गरेर विराट ट्रेड फेयर गर्न लागेको हो । विराटनगर महानगर वडा नम्बर ९ स्थित जैन भवनमा ट्रेड फेयर आयोजना गर्न लागेको संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए ।
अध्यक्ष जिन्दलका अनुुसार फेयरमा करिब दुई सयभन्दा बढी स्टल रहनेछन् । मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन, सुस्त रहेको व्यापारिक गतिविधिको विस्तार, उद्यमसिलता र नयाँ–नयाँ व्यवसायको सम्भाव्यता खोजी गर्न सहयोग गर्ने आयोजकले जनाएको छ । मेलामा उपभोक्ताको सिमापारी बजार जाने प्रवृत्तिलाई निरुत्साहित गर्न विशेष छुटसमेत दिने घोषणा गरेको छ ।
मेलामा भारत, बंगलादेश र पाकिस्तानका व्यवसायीसमेतको विशेष सहभागिता रहने छ । मेलामा स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारका लागि फुुड कोर्ट, सेल्फी जोन तथा विभीन्न गतिविधि संचालन हुनेछन् । आधुनिक प्रवृत्तिमा आधारित प्रर्दशनी स्टल निर्माण गर्ने देखि स्टलमा डिजिटल भुक्तानीको सुविधा पनि उपलब्ध गराउने तयारी गरिएको अध्यक्ष जिन्दलले बताए ।
मेला दशै, तिहार र छट जस्ता महत्वपूर्ण पर्वको पूर्वसन्ध्यामा आयोजना हुन लागेको हो । यसले व्यवसायीलाई बिक्री प्रवर्द्धन र उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा वस्तु तथा सेवाहरू उपलब्ध गराउन सहयोग गर्ने आयोजकको विश्वास छ ।
