२७ आषाढ २०८३, शनिबार

कोशीमा डोजर आतंक, सटरवाला भागाभाग

Logo
news शनिबार, आषाढ २७, २०८३

जिल्ला प्रशासन कार्यालय मोरङले कोशी अस्पतालको कब्जा गरिएको जग्गामा निर्माण गरिएको व्यवसायीक पसलमा डोजर चलाउने गरी रातो सङ्केत चिन्ह लगाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी अस्पताल प्रशासनले कोशी अस्पतालको कब्जा गरिएको जग्गा खाली गर्न सोमबार ७ दिने अन्तिम अल्टिमेटम दिएको छ ।

आइतबार ७ दिने अन्तिम अल्टिमेटमको समय सीमा सकिँदै छ । त्यसपछि जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी अस्पताल प्रशासनको बस्ने बैठकले डोजर चलाउने मिति तय गरिने छ । जिल्ला प्रशासन कार्यालय मोरङले पहिलो चरणमा डोजर चलाउन लागेको व्यवसायीक पसलमा रातो चिन्ह लगाएको छ ।

तत्कालै डोजर नचल्ने सामाजिक संस्थाको भवनमा रातो चिन्ह नलगाएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी गराए । कोशी अस्पतालले शुक्रवार पत्रकार सम्मेलन गरेर डोजर चलाउन लागेको व्यवसायीक पसलको नाम सार्वजनिक गरेको छ ।

कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा र जनसम्पर्क अधिकारी नवराज लुइँटेलले नेपाल क्षयरोग निवारण संस्था मोरङ, नेपाल रेडक्रस सोसाइटी मोरङ, गणेश मन्दिर विराटनगर र देवकोटा पुस्तकालय विराटनगरले कब्जा गरेका जग्गामा निर्माण गरेको भवनमा सञ्चालनमा रहेको व्यवसायीक पसलमा डोजर चलाउन लागेको जानकारी गराए ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाका अनुसार गणेश मन्दिरको मातहत रहेको उज्ज्वल फर्मा, कलश फर्मा, किसन किराना पसल, श्रृती फार्मेसी र बालबालिका क्लिनिक, नेपाल क्षेयरोग निवारण संस्था मोरङको मातहत रहेको श्रेष्ठ खाजा घर, मदिना होटेल, पुन्टु कलेक्सन, पूर्वाञ्चल वायोमेडिकल, दिपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत सेन्टर, मोनिका फार्मेसी, निरुपमा होटेल र दुई वटा खाली सटर, नेपाल रेडक्रस सोसाइटी मोरङ मातहत रहेको सुनिल भेराइटिज, सुभना ट्रेडर्स, त्रिवेणी फोटोकपी स्टुडियो, राष्ट्रिय वाणिज्य बैंकको दुई हल, कोशी मोबाइल, मिना मेडिकल र देवकोटा पुस्तकालय विराटनगर मातहत रहेको २ बन्द सटर, भट्टराई पान पसल, सुवान सैलुन, देवकोटा हेयर कटिङ, मोःमोः हाउस, सुपर सङ्गीत आर्टस्, देवकोटा होटेल, पान पसल र देवकोटा पुस्तकालयको मूल भवनमा डोजर चल्ने जानकारी गराए ।

गणेश मन्दिर, ब्लड बैंकको मूल भवन, वाणिज्य बैंक, देवकोटा पुस्तकालय र नेपाल क्षयरोग निवारण संस्थाको भित्री भवनमा तत्कालै डोजर नचल्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जानकारी गराए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१