१० आषाढ २०८३, बुधबार

दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउन बोइलर सञ्चालन तालिम

Logo
news बुधबार, आषाढ १०, २०८३

दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउन बोइलर सञ्चालन तालिम

२०८३ असार ९, विराटनगर
उद्योगहरूमा सुरक्षित र दक्ष्ँतापूर्वक बोइलर सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने बोइलर सञ्चालन सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।

उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा ए.बी.सी. आयल उद्योग, दुहबीमा आयोजित तालिममा विभिन्न उद्योग÷प्रतिष्ठानमा कार्यरत २० जना प्राविधिकहरूको सहभागिता रहेको तालिममा बोइलर सञ्चालनका सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक सीपप्रदान गरिएको थियो।

तालिमको समापनमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योगहरूको उत्पादकत्व वृद्धि, ऊर्जा बचत तथा कार्यस्थल सुरक्षाका लागि दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको बताए । उनले उद्योग क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता तालिमहरूले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । अध्यक्ष राठीले औद्योगिक प्रविधिको विकासका आधारमा आगामी दिनमा पनि क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

तालिमका प्रशिक्षक किरण मण्डल र उदेश मोदीले बोइलरको आधारभूत सिद्धान्त तथा कार्यप्रणाली, सुरक्षित सञ्चालन प्रक्रिया, ऊर्जा दक्षता अभिवृद्धिका उपायका विषय तालिममा समावेश गरेको जानकारी वताए । साथै नियमित निरीक्षण तथा मर्मतसम्भार, सम्भावित जोखिम व्यवस्थापन र आपतकालीन अवस्थाको सामना गर्ने विधिका सम्वन्धमा सहभागिहरुलाई प्रशिक्षण प्रदान गरेको जानकारी दिए ।

उद्योग संगठन मोरङले उद्योगको आवश्यकता पहिचान गर्दै सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको सोही क्रमलाई निरन्तरता दिदै आगामी दिनमा पनि दक्ष जनशक्ति विकासलाई ध्यानमा राखी अन्य प्राविधिक तालिम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१