०४ आषाढ २०८३, बिहिबार

आर्थिक पुनरुत्थान र निजी क्षेत्रको मनोबल उकास्ने गरी मौद्रिक नीति ल्याउन सुझाव

Logo
news बिहिबार, आषाढ ०४, २०८३

२०८३ असार ०४, विराटनगर
उद्योग संगठन मोरङले उद्योगी÷व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधिहरू, चार्टर्ड एकाउन्टेन्ट तथा अर्थतन्त्रसंग सम्बन्धित विभिन्न सरोकारवाला पक्षहरूको सहभागितामा आगामी आर्थिक वर्षको मौद्रक नीतिका सन्दर्भमा सुझाव प्रस्तुत गर्न अन्तरक्रिया गरेको छ।

कार्यक्रममा सहभागीहरूले वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको प्रभावकारी व्यवस्थापन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा आगामी मौद्रिक नीति केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्रको पुनरुत्थानका लागि लगानीमैत्री वातावरण निर्माण, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन तथा व्यवसाय सञ्चालनमा लागत घटाएर निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्नुपर्ने आवश्यकता औल्याए। उनले आगामी मौद्रिक नीति केवल मुद्रा व्यवस्थापनको दस्तावेज मात्र नभई आर्थिक पुनरुत्थानको महत्वपूर्ण माध्यमका रूपमा आउनुपर्ने धारणा राखे ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले पुनर्कर्जा तथा कर्जा पुनर्संरचनासम्बन्धी व्यवस्थामा व्यावहारिक सुधार गरी व्यवसायीलाई पुनः लगानीका लागि उत्प्रेरित गर्ने खालको नीति आउनुपर्नेमा जोड दिए।

संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले आगामी मौद्रिक नीतिले सरकारद्वारा प्रस्तुत बजेटका सकारात्मक पक्षहरूको कार्यान्वयनमा सहयोग पु¥याउदै निजी क्षेत्रको मनोबल उकास्ने र आर्थिक गतिविधिलाई गति दिने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे।

बैंकर सुलभहरि जोशीले व्यावसायिक अनुशासन र वित्तीय स्वच्छता कायम गर्न उधारो उठाउने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको औल्याउदै उधारो असुलीसम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने सुझाव दिए।

चार्टर्ड एकाउन्टेन्ट अश्वनी वंशलले बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा कसरी परिचालन गर्ने भन्ने विषयमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने बताए। उनले चालु पुंजी कर्जासम्बन्धी व्यवस्थालाई थप लचिलो बनाउदै ७० प्रतिशतसम्म कर्जा प्रवाहको व्यवस्था गर्नुपर्ने धारणा राखे।

बैंकर दिनेशकुमार पोखरेलले उद्योग÷सेवा, कृषि उत्पादन तथा प्रशोधन क्षेत्रमा नयां उद्योगको स्थापनाका साथै विद्यमान उद्योगहरुको उत्पादनवृद्घिकालागि व्यवशायहरुलाई कम्तिमा ५ वर्षसम्म आधारदरमा अधिकतम २ प्रतिशतसम्मको स्थीरव्याजदरमा कर्जा प्रवाहको व्यवस्था हुनुपर्ने सुझाव दिए ।

त्यसैगरी, बैंकर बद्रि कटवालले मौद्रिक नीतिले निजी क्षेत्रका आर्थिक गतिविधिलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नीति निर्माणका क्रममा व्यावहारिक पक्ष, तथ्यांकमा आधारित विश्लेषण तथा विभिन्न क्षेत्रगत आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताए।

बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट्स, उद्योग संगठन मोरङका कार्यसमिति तथा विषयगत समितिका सदस्यहरूको सहभागितामा भएको कार्यक्रममा सहभागीहरूले अर्थतन्त्रमा देखिएको सुस्तता अन्त्य गर्दै उत्पादन, लगानी, रोजगारी तथा निर्यात प्रवद्र्धनमार्फत आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउन आगामी मौद्रिक नीतिमा निजी क्षेत्रमैत्री व्यवस्था समेट्नुपर्नेमा एकमत व्यक्त गरेका थिए।
समाप्त

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१