३१ जेठ २०८३, आइतबार

सामाजिककार्यका शिक्षकहरुको क्षमताअभिवृद्धिका लागितालिम शुरू

Logo
news आइतबार, जेठ ३१, २०८३

विराटनगर÷“नेपालमा सामाजिककार्य अभ्यास शिक्षा”अभिवृद्धि गर्ने उद्देश्यले सामाजिककार्य अध्यापनरत शिक्षकहरुकालागि १० दिने तालिमविराटनगरमा शुरु भएको छ ।
तालिममापूर्वाञ्चलविश्वविद्यालयलको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १४ जना र मध्यपश्चिम विश्वविद्यालयबाट सात जना गरी ३१ जनाशिक्षकहरुको सहभागिता रहेको छ । पूर्वाञ्चलविश्वविद्यालयजनताआदर्श बहुमुखीक्याम्पस विराटनगरले आयोजना गरेको सो कार्यक्रमलाई युरोपियनयुनियनले सहयोग गरेको छ । युनिभर्सिटी अफ इष्टर्न फिनल्याण्डाको समन्वयमासञ्चालितसो कार्यक्रममा चेक गणतन्त्रको ओस्ट्राभा युनिभर्सिटी, स्पेनको नेसनलयुनिभर्सिटी अफ डिस्टान्स एजुकेशन, पूर्वाञ्चलविश्वविद्यालय, त्रिभुवनविश्वविद्यालय र मध्यपश्चिमविश्वविद्यालय साझेदार संस्थाको रुपमा रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै कोशीप्रदेशका सामाजिकविकाशमन्त्री रामप्रसाद मेहताले विश्वविद्यालयहरुले व्यवहारिक शिक्षालाई जोड दिनआग्रह गर्नुभयो । शिक्षाकालागिविदेशीने समस्याविकरालबन्दै गएको प्रतिचिन्ताव्यक्तगर्दै मन्त्री मेहताले हाम्राविद्यार्थीहरुलाई नेपालमै बसेर पढ्ने वातावरण सिर्जना गर्न र पढ्नकालागिविदेशीविद्यार्थीहरुलाई नेपालआउने वातावरण बनाउने तर्फ विश्वविद्यालयको ध्यानजानुपर्नेमा जोड दिनुभयो ।
पूर्वाञ्चलविश्वविद्यालयकाउपकुलपतिप्राध्यापक डाक्टर बिजु कुमार थपलियाले यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन महत्वपूर्ण भूमिकानिर्वाह गर्ने बताउनु भयो । शिक्षाको गुणस्तर बढाएर शिक्षालाई समयानुकुलबनाउनु अहिलेको आवश्यकताभएको तर्फ इङ्गितगर्दै उपकुलपतिथपलियाले विश्वविद्यालयकाप्राध्यापकहरुको क्षमताअभिवृद्धि गरेर शिक्षाको गुणस्तर बढाउन पूर्वाञ्चलविश्वविद्यालयप्रतिवद्ध रहेको बताउनु भयो ।
कार्यक्रमकाआगन्तुकअतिथितथा सहभागीहरुलाई स्वागतगर्दै पूर्वाञ्चलविश्वविद्यालयका रजिष्ट्रार तथा यो परियोजनाका सल्लाहाकार डाक्टर रमेश बाबु काफ्लेले तालिमको आवश्यक र महत्वमाथिप्रकाशपार्दै प्राध्यापकहरुको क्षमताअभिवृद्धिका कार्यक्रमलाई निरन्तरतादिन जोड दिनुभयो । अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग समन्वय र सहकार्य गरी प्राध्यापकहरुको क्षमताअभिवृद्धि गर्न यस्ता खालकाकार्यक्रमलाई निरन्तरतादिनविश्वविद्यालय सदैव तत्पर रहेको रजिष्ट्रार काफ्लेले बताउनु भयो ।
त्रिभुवनविश्वविद्यालय, नेपालतथाएशियालीअध्ययन केन्द्रकाकार्यकारी निर्देशक डाक्टर मृगेन्द्र बहादुर कार्कीले सामाजिककार्यको आवश्यकता र औचित्यतामाथिप्रकाशपार्दै नेपालमा सामाजिककार्य शिक्षाको आफ्नै मौलिकपहिचान रहेको बताउनु भयो । नेपालको आफ्नै मौलिक सामाजिककार्य शिक्षाको अध्ययन, विकास र व्यवसायिकतामाविश्वविद्यालयहरुले अध्ययन, अनुसन्धानतथालगानी गर्नुपर्नेमाकार्यकारी निर्देशक कार्कीले जोड दिनुभयो ।
परियोजनाकीअन्तर्राष्ट्रिय निर्देशक प्रोफेसर हङ्लिन चेनले परियोजनाले नेपालका सामाजिककार्यका प्राधयापकहरुको अभ्यास शिक्षाको क्षमताअभिवृद्धि गर्ने जानकारी दिनुभयो । परियोजनाबाट प्रशिक्षितप्राध्यापकहरुले विद्यार्थीहरुको अभ्यासमाको गुणस्तर अभिवृद्धि गर्न यो तालिमफलदायीहुने भन्दै चेनले विद्यार्थीहरुले अभ्यास गर्ने संघ संस्थाहरुले विद्यार्थीको सिकाईलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने दृष्टिकोणबाट काम गर्ने जानकारी दिनुभयो । तीनवर्षसम्म सञ्चालनहुने यो परियोजनाले सामाजिककार्य शिक्षाको विकाशमा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने चेनले बताउनु भयो ।
यो तालिमलिएकाशिक्षकहरुले विद्यार्थी र सामाजिककार्य अभ्यास गर्ने संघ संस्थाहरुसँग मिलेर काम गर्नेछन् । तालिमअसार ९ गतेसम्म सञ्चालनहुनेछ । पूर्वाञ्चलविश्वविद्यालयले विगत एक दशकदेखि सामाजिककार्यको स्नातकतथा स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१