युवा तथा विद्यार्थीहरूलाई सीप, करियर तथा उद्योगसंग जोड्ने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा, स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर÷हेल्भेटास नेपालको प्रँविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको सीप उत्सव २०८३ सम्पन्न भएको छ।
सीपका लागि उद्योग, करियरका लागि भविष्य भन्ने मूल नाराका साथ आयोजना गरिएको उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका करिब एक हजार भन्दा वढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। उत्सवलाई विद्यार्थीहरूको करियर यात्राका रूपमा डिजाइन गरिएको थियो, जहा सहभागीहरूले सिकाइका क्षेत्रहरू हुदै आफनो रुचि, क्षमता, सम्भावित करियर तथा उद्योगसंगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गरेको उद्योग संगठन मोरङले जनाएको छ ।
समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति अभाव र शिक्षाबाट उत्पादित जनशक्तिको सीपबीच रहेको अन्तरलाई कम गर्ने उद्देश्यले संगठनले अप्रेन्टिसीप कार्यक्रम तथा सीप उत्सव जस्ता अभियान सञ्चालन गर्दै आएको बताए। उनले विद्यार्थीहरूलाई उद्योगको वास्तविक वातावरण, करियर सम्भावना तथा सीप विकासका अवसरसंग प्रत्यक्ष जोड्न सफल भएको उल्लेख गर्दै दक्ष्ँ जनशक्ति विकासमा नीजि क्ष्ँेत्रपनि अग्रसर हुनु पर्ने धारणा राखे ।
समापनका प्रमुख अतिथि कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री राम प्रसाद महतोले सीपयुक्त जनशक्ति निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै उद्योग र शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए । उनले युवाहरूलाई रोजगार खोज्ने मात्र नभई अवसर सिर्जना गर्ने दिशामा अघि बढ्न प्रेरित गर्दै यस्ता कार्यक्रमले प्रदेशको उद्यमशिलता विकासमा टेवा पु¥याउदै नवउद्यमशिलता विकासमा सघाउने विचार व्यक्त गरे ।
उद्योग संगठन मोरङका कार्यसमिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दिपक अग्रवालले उत्सवमा सञ्चालन गरिएका १० वटा सिकाइ तथा अनुभवात्मक जोनहरूले विद्यार्थीहरूलाई करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन तथा उद्यमशीलतासंग जोड्ने अवसर प्रदान गरेको बताए । उनले कार्यक्रमबाट विद्यार्थीहरूमा सीपमुखी शिक्षा तथा करियरप्रतिको सकारात्मक सोच विकास भएको विश्वास व्यक्त गरे ।
उत्सव अन्तर्गत प्रेरणादायी सत्र, करियर परीक्षण, करियर काउन्सिलिङ, करियर ट्री, मेरो देश मेरै उत्पादन, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा, नवप्रवर्तन तथा उद्यमशीलता प्रदर्शनी लगायतका गतिविधि सञ्चालन गरिएका थिए। साथै सीप प्रतिस्पर्धामा अटोमोवाइल क्षेत्रबाट महमोहन स्मृति पोलिटेक्नि हातिमुडाका मोहम्मद जेसन अन्सारी, होटल म्यानेजमेन्ट क्ष्ँेत्रबाट नरवहादुर कर्माचार्य वहुप्राविधिक शिक्षालय ईटहरीकी आकृति पौडेल र सूचना प्रविधि क्ष्ँेत्रबाट कन्काई पोलिटेक्निक मनिष घिमिरे प्रथम भई स्कील आईकन २०८३ हुन सफल भएका छन । विजेतालाई संगठनका अध्यक्ष्ँ नन्दकिशोरराठी र कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष्ँ राजेन्द्र राउतले नवउद्यमशिलता र दक्ष जनशक्ति विकासमा सरोकारवाला सबैपक्ष्ँको हातेमालो आवश्यक भएको वताउदै स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन तथा रोजगारीका अवसर विस्तारमा सहकार्यको आवश्यकता औल्याए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष्ँ पवन शारडाले सीप उत्सवले विद्यार्थीहरूलाई सीप, उद्योग, रोजगार, उद्यमशीलता तथा नवप्रवर्तनसंग जोड्दै सीपदेखि करियरसम्मको यात्रालाई व्यवहारिक रूपमा अनुभव गराएको वताए ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष्ँ अनिल शाहले विद्यार्थीहरूलाई आफनो भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन, स्थानीय अवसरहरूको पहिचान गर्न सीप उत्सव सहयोगी भएको धारणा राखे ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न प्राविधिक शिक्षालहरुका साथै नीजि क्ष्ँेत्रका संघ÷संस्था, विकास साझेदारहरु, विभिन्न विद्यालय तथा कलेजको शिक्षक, विधार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समाप्त
