२२ जेठ २०८३, शुक्रबार

२१ प्रतिभावान विद्यार्थी पुरस्कृत, जेहेन्दारलाई छात्रवृत्ति वितरण

Logo
news शुक्रबार, जेठ २२, २०८३

विराटनगर । सुशिक्षा निकुञ्ज आधारभुत विद्यालय विराटनगर ८ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताप्रति प्रेरित गर्ने उद्देश्यले श्री शुसिक्षा निकुञ्ज आधारभूत विद्यालय र अम्बे मुरारी सेवा केन्द्रको संयुक्त आयोजनामा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

अम्बे मुरारी सेवा केन्द्रले आफ्नो स्थापना कालदेखि नै विराटनगर महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका विद्यार्थीहरूको मनोबल उच्च बनाउने लक्ष्यसहित प्रत्येक वर्ष कक्षा १ देखि १० सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ। यसै परम्परालाई निरन्तरता दिँदै यस वर्ष श्री शुसिक्षा निकुञ्ज आधारभूत विद्यालयका २१ जना उत्कृष्ट विद्यार्थीलाई मेडल तथा क्याल्कुलेटर प्रदान गरी सम्मान गरिएको हो।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं। ८ का वडा अध्यक्ष राम पोखरेल, केन्द्रकी अध्यक्ष भारती पोखरेल, विद्यालय परिवार तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै अतिथिहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, ज्वाला शोभा पोखरेल अक्षयकोषमार्फत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। छात्रवृत्ति कोषकी संरक्षक प्रमिला पोखरेलले प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः रु। १,०००, रु। ७०० र रु। ५०० का दरले छात्रवृत्ति वितरण गर्नुभयो। छात्रवृत्तिले आर्थिक रूपमा सहयोग पुग्नुका साथै विद्यार्थीहरूलाई अझ मेहनतका साथ अध्ययन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

सन्तोष भगतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राम पोखरेलले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै विद्यार्थीको प्रतिभा र मेहनतलाई सम्मान गर्ने यस्ता कार्यक्रमहरू अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा र विद्यार्थी हितका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१