२१ जेठ २०८३, बिहिबार

अवैध रूपमा भित्रिएको इन्डोनेसियाको बिष्कुट विराटनगरमा छ्यापछ्याप्ती

Logo
news बिहिबार, जेठ २१, २०८३

विराटनगर । तेस्रो मुलुक इन्डोनेसियामा उत्पादित माल्किस्ट ब्रान्डमा उत्पादन हुुने बिस्कुट अवैध रूपमा नेपालमा भित्रिने गरेको पाइएको छ । अवैध रूपमा नेपाल भित्रिएको सो बिस्कुट हाल विराटनगरका व्यवसायिक प्रतिष्ठानहरूमा छ्यापछ्याप्ती पाउन थालेको हो ।

उक्त बिष्कुटको आयातकर्ता को हो ? भन्दै खोजीसमेत सुरु हुन थालेको छ । बिस्कुटको मूल्यमा ठूलो अन्तर देखिए पनि सरोकारवालाहरूले त्यसको अवैध आयातबारे अनुसन्धान गरिरहेको खुलेको छ । विराटनगर भन्सार र वाणिज्य कार्यालयले बिष्कुट आयात बारेमा सूक्ष्म अनुसन्धान सुरु गरेको हो । सो बिष्कुुट अवैध रूपमा बिक्री गर्नेलाई कारबाही गर्ने तयारी गरेको जनाइएको छ । पछिल्लो समय विराटनगर बजारमा समेत उक्त बिस्कुट खोज्ने उपभोक्तको संख्या निकै वृद्धि भएको छ । बिस्कुट बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि मात्रै आधिकारिक अनुमतिविना नै नेपाल भित्रिरहेको रहस्य खुलेको हो । स्थानीय एक व्यवसायीका अनुसार स्वादका हिसाबले उक्त बिस्कुटको चर्चासँगै माग पनि निकै बढेको छ । व्यापारीले माग बढेपछि बाध्य भएर अवैध आयात भइरहेको भए पनि उक्त बिस्कुट लुकाएर बेच्ने गरेका छन् । उनले बजारमा उक्त बिस्कुटको मूल्यमा समेत ठूलो अन्तर देखिएको बताए । बिष्कुटको मूल्य एमआरपी भारतीय ४५ रुपैयाँ र ७२ नेपाली रुपैयाँ उल्लेख भएको जानकारी दिए । अहिले बजारमा उक्त बिस्कुट १ सय ५० रुपैयाँ नेपालीसम्ममा पनि बिक्री भइरहेको पाइएको छ । आधिकारिक अनुमतिविना आयात हुँदा यसले एकातिर राज्यको राजस्व गुमेको छ भने अर्कोतिर उपभोक्ताहरू ठगिने र गुणस्तरहीन वस्तु उपभोग गर्न बाध्य हुने जोखिम बढेको छ । उक्त बिष्कुट कसले आयात गरिरहेको छ भन्ने समेत पत्ता लाग्न नसकेकाले उच्चस्रोतले आर्थिक दैनिकलाई जानकारी दिएको छ ।

व्यवसायी स्रोतले आर्थिक दैनिकलाई दिएको जानकारीअनुसार उक्त बिस्कुट इन्डोनेसियाले भारतका लागि बनाएको र नेपाल भारतबीचको खुला सीमानाका प्रयोग गरी चोरी पैठारीमार्फत आएको हो । यो बिष्कुट आयातमा भन्सार छलीसमेत भएको आशंका छ । चोरी पैठारी नियन्त्रण गर्ने काम भन्सार वा गृह मन्त्रालयअन्तर्गतको काम हो । यो बिस्कुट चोरी पैठारीमार्फत आएको भन्ने कुरामा कुनै दुईमत नभएको कुरा व्यवसायी स्रोतको दाबी छ । पसलहरूमा सानो परिमाणमा बिस्कुट आउने र बिक्री भइहाल्ने हुँदा आयातकर्ता को हो ? भन्ने पत्ता लगाउन प्रशासनलाई ठूलै समस्या भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रणले पनि उक्त बिस्कुट आयातका लागि विभागबाट हालसम्म कुनै पनि अनुमति जारी नभएको जानकारी दिएको छ ।

बजारमा जताततै यो बिस्कुट देखिए पनि आधिकारिक रूपमा आयात भएको रेकर्ड कतै नभएको दाबी स्रोतले गरेको छ । त्यसरी अनुमतिविना बजारमा जताततै बिस्कुट भित्रिनुको अर्थ यो अवैध बाटो वा तस्करीमार्फत विराटनगरका बजारमा आइरहेको दाबी स्रोतको छ । बजारमा निकै ठूलो परिमाणमा यो बिस्कुट उपलब्ध हुनुले भन्सार र सुरक्षा निकायको प्रभावकारितामा समेत प्रश्न उठेको छ । खुला सीमानाकाका कारण संगठित रूपमै राजस्व छली गरेर यो बिस्कुट भित्रिएको हुनसक्ने अनुमान हुन थालेको छ । गल्ली–गल्लीमा यो बिस्कुट बिक्री भइरहेको सूचना आउँदा समेत स्वयं प्रधानमन्त्रिले नेतृत्व गरेको गृहप्रशासन मौन बसेपछि कतै सेटिङ्गमै बिस्कुट आयात भएको छैन ? भन्ने गम्भीर प्रश्न पनि उठ्न थालेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१