नेपाल नेत्र ज्योति संघ अन्तर्गत विराटनगर आँखा अस्पतालले आँखा स्वास्थ्य सेवामा प्रविधिको प्रयोगलाई केन्द्रमा राख्दै ‘डिजिटल टेलिमेडिसिन हेल्थ ९म्त्ज्०’ को औपचारिक शुभारम्भ गरेको छ। दैनिक २०स्३० देखि २३स्३० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम देशभरका सेवाग्राहीहरूका लागि सहज उपचारका अवसरहरू सिर्जना गर्ने लक्ष्यका साथ अगाडि बढाइएको हो।
कार्यक्रमको मुख्य उद्देश्य अस्पतालका बिरामीहरूलाई विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष परामर्श उपलब्ध गराउनुका साथै उपचार प्रणालीलाई थप प्रभावकारी बनाउनु रहेको छ। सञ्चालन हुने यस कार्यक्रममार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी टाढा रहेका बिरामीहरूलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृतका अनुसार, डिजिटल हेल्थ सेवाले देशभर रहेका आँखासम्बन्धी रोगहरूको समयमै पहिचान, उपचार र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, यस कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रम इच्द्यक्ष्क् क्ष्लतभचलबतष्यलब िको सहयोगमा सञ्चालन भइरहेको हो। यस कार्यक्रमअन्तर्गत टेलिमेडिसिन प्रणालीको विकास, स्वास्थ्यकर्मीहरूको तालिम तथा प्रविधि हस्तान्तरणजस्ता कार्यहरू समेत समावेश गरिएको छ।कार्यक्रमको प्रमुख अतिथी कोशि प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुको सहभागिता रहेको थियो ।
डिजिटल हेल्थ सेवाको विस्तारसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूले सहज रूपमा विशेषज्ञ सेवा प्राप्त गर्ने विश्वास गरिएको छ। यसले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समग्र स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
