१९ चैत्र २०८२, बिहिबार

नेपाल प्रहरीले धमाधम तस्करीका सामान पक्राउ गर्दा सशस्त्र विवादित

Logo
news बिहिबार, चैत्र १९, २०८२

नेपाल भारतका बीचमा रहेको खुला सीमानाकाबाट कपडालगायत सटिङ्ग सुटिङ्गको अवैध आयात फेरि सुचारु भएको छ । सीमा सुरक्षाको जिम्मेवारी बोकेर बसेको सशस्त्र प्रहरी बलको वीओपीले नाकाबाट हुँदै आएको तस्करी नियन्त्रणमा ध्यान दिन नसकेपछि अवैध आयातको धन्दा चलाउने खुलेआम तस्करी गर्न थालेका हुन् ।

पछिल्लो समय बालेन्द्र साहको नेतृत्वमा सरकार बनेसँगै नेपाल प्रहरी तस्करी नियन्त्रणका लागि निकै सक्रिय बन्दै गएको देखिन थालेको छ । केही समय यतादेखि प्रहरीले तस्करी भई विराटनगर भित्रीएका कपडालगायतका विभिन्न सामान पक्राउ गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सारमा बुझाउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले तस्करीका सामग्री पक्राउ गरेको सार्वजनिक गर्न थालेको हो । तर भन्सार चोरी निकासी नियन्त्रणका लागि विराटनगर जुट मिलको भवनमा स्थापना गरिएको सशस्त्र प्रहरीको वीओपीले तस्करी नियन्त्रणमा कुनै चासो देखाएको छैन । सशस्त्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेपछि पछिल्लो समय बदनाम जस्तै बन्न पगेको छ । हाल खुलासीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि नेपाल प्रहरी धेरै अगाडि आउन थालेको स्थानिय बताउँछन् । गत मंगलबार मात्रै नेपाल प्रहरीले अवैध रूपमा भारतीय बजार जोगबनीबाट तस्करी गरी ल्याएको करिब दुई लाख १२ हजार मूल्य बराबरको सामान बुढीगंगा गाउँपालिका वडा नम्बर ४ स्थित नेमुवा चौकमा पक्राउ गरेको हो ।

पछिल्लो समय नेपाल प्रहरी तस्करी नियन्त्रणमा सक्रिय हुँदा नेपाल भारत खुला सीमानाकाबाट हुने तस्करी र भन्सार राजस्व चोरी नियन्त्रणको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको वीओपी कतै कपडा तस्करीका लागि सहज बातारण बनाउन लागि परेको त छैन ? भन्ने प्रश्न पनि उब्जिन पुगेको छ । नेपाल र भारत बीचको खुला सीमानाकामा रहेको सशस्त्र प्रहरीको वीओपीसमेत मूकदर्शक बन्न थालेपछि विराटनगरसँग भारतीय सीमा जोडिएको दरैया, मटेरुवा, इस्लामपुर नाका राति–राति सेटिङ्गमा तस्करीका लागि उर्वर नाका बन्न थालेको छ । यी नाकाबाट हुुने अवैध कारोवारलाई वैधता दिनका लागि विराटनगर माहानगर पालिका वडा १२ र वडा १६ मा रहेको सशस्त्र प्रहरीको वीओपी पोस्टले तस्करी नियन्त्रण नगरी कारोबारीहरूलाई सहयोग गर्ने गरेको स्रोतको दाबी छ । उक्त वीओपी पोस्टहरूमा एउटामा सशस्त्रका सइ र अर्कोमा इन्सपेक्टरको दरबन्दि रहेको छ । तर उनीहरूले तस्करी नियन्त्रण गर्न सकेका छैनन् । यो सबैको कमान्डिङ्ग सशस्त्रका प्रहरी ३ नम्बर हेडक्वाटर गण टंकीसिनवारी मोरङबाट सशस्त्र प्रहरीका उपरिक्षकले गर्ने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१