०३ चैत्र २०८२, मंगलबार

स्वास्थ्य मन्त्री लिम्बु द्वारा कोशि प्रदेशका स्वस्थ्य संस्थाहरुको निरीक्षण तथा अनुगमन सम्पन्न

Logo
news मंगलबार, चैत्र ०३, २०८२

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बू को नेतृत्वमा आज इलाम जिल्ला का विभिन्न स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। मन्त्री लिम्बूसहित मन्त्रालयका सचिव, अस्पताल महाशाखा प्रमुख तथा नीति तथा आयोजना महाशाखा प्रमुख सम्मिलित टोलीले जिल्लामा सञ्चालित स्वास्थ्य सेवाको अवस्था नजिकबाट अवलोकन गरेको हो।

अनुगमनको क्रममा जिल्ला आयुर्वेद अस्पताल इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम लगायत अन्य जिल्ला अस्पतालहरूको सेवा प्रवाह, जनशक्ति व्यवस्थापन, औषधि उपलब्धता तथा भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत जानकारी लिइएको थियो।

सेवाग्राहीले भोग्दै आएका समस्या, उपचार प्रक्रियामा देखिएका चुनौती तथा सुधारका सम्भावित क्षेत्रहरूबारे समेत प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरिएको टोलीले जनाएको छ।स्थलगत निरीक्षणका क्रममा मन्त्री लिम्बूले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गुणस्तरीय, सुलभ र प्रभावकारी सेवा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले स्थानीय तह, स्वास्थ्यकर्मी र सरोकारवालाबीच समन्वय बढाउँदै सेवा प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कदम चालिने पनि स्पष्ट पारे।यस प्रकारका अनुगमन कार्यक्रमले स्वास्थ्य संस्थाहरूमा देखिएका कमीकमजोरी पहिचान गर्न मात्र नभई सुधारका लागि ठोस योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै विश्वासिलो स्वास्थ्य प्रणाली निर्माण गर्ने दिशामा यस्ता पहलहरू महत्वपूर्ण मानिन्छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१