राष्ट्रिय सभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनमा दलित तर्फ नेकपा एमालेका सोम पोर्तेल निर्वाचित भएका छन् । पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरेका छन् । पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे । प्रदेशसभातर्फ एक मत भने बदर भएको थियो
