१७ पुष २०८२, बिहिबार

स्टार्टअप ‘जिरो टु हिरो’ अन्तर्गत चार उत्कृष्ट आइडिया छनोट

Logo
news बुधबार, पुष १६, २०८२

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोको अवसरमा आयोजित थिमेटिक सेसनअन्तर्गत प्रस्तुत स्टार्टअप आइडियामध्ये चार उत्कृष्ट आइडिया छनोट भएका छन्।

संघद्वारा सञ्चालन गरिएको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ आइडियामध्ये १३ आइडिया थिमेटिक सेसनमा प्रस्तुत गरिएको थियो। तीमध्ये निर्णायक समितिले चार आइडियालाई उत्कृष्ट ठहर गरेको हो। छनोटमा परेका सहभागीहरूले अब ‘आइडिया स्टुडियो’ सिजन–९ मा सिधा प्रवेश पाएका छन्।

संघका अनुसार आह्वानपछि कोशी प्रदेशका १० जिल्लाबाट ५२ आइडिया दर्ता भएका थिए। तीमध्ये बुट क्याम्पमार्फत छनोट हुँदै अन्ततः १५ आइडिया अन्तिम चरणमा पुगेका थिए।

विराट एक्स्पो स्थलमा दैनिक रूपमा आयोजना हुँदै आएको थिमेटिक सेसनमा आइडिया पिच गर्नेहरूमध्ये विष्णु पोखरेल, जीवन कुसवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यका आइडिया उत्कृष्ट घोषित भएका हुन्।

संघका अध्यक्ष अनुपम राठीले छनोट भएका आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रूपान्तरण गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१