१५ पुष २०८२, मंगलबार

महानगरको आयोजनामापशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी

Logo
news सोमबार, पुष १४, २०८२

विराटनगर । पशुपालन क्षेत्रको दिगो विकास र रोग नियन्त्रणलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले पशु जैविक सुरक्षा (बायोसेक्युरिटी)सम्बन्धी एकदिने अन्तरक्रियागोष्ठी आयोजना गरेको छ । महानगरको कृषितथापशुपंक्षीशाखाको आयोजनामाविराटनगर–१९ मा सम्पन्नगोष्ठीमा बाख्रा, गाईलगायतचौपायामा रोग सर्न नदिनअपनाउनुपर्ने जैविक सुरक्षाकाउपायबारे छलफल गरिएको हो ।
कार्यक्रममामहानगरपालिकाको आर्थिक विकास समितिका संयोजकश्याम घिमिरेले पशुपालक कृषककालागि यस्ता गोष्ठी व्यवहारिक र उपयोगीहुने बताए । उनले जैविक सुरक्षाअपनाउँदापशुमा रोगको जोखिम घट्ने, उत्पादनलागतकमहुने र आम्दानी बढ्ने भएकाले कृषकले दैनिकअभ्यासमाउतार्नुपर्नेमाजोड दिए ।
आर्थिक विकास महाशाखाकाप्रमुखप्रतीक गड्तौलाले महानगरले कृषक लक्षिततालिम, प्रविधि हस्तान्तरण तथाउन्नतजातका बिउ–विजनवितरण गर्दै आएको जानकारी दिए । उनकाअनुसार पशुपालनलाई व्यवसायिकबनाउने उद्देश्यले महानगरले आगामीदिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरतादिनेछ । कृषितथापशुपंक्षीशाखाका संयोजकहीरालालयादवले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै जैविक सुरक्षापशु स्वास्थ्यमात्रनभई सार्वजनिक स्वास्थ्यसँगपनिप्रत्यक्ष रूपमाजोडिएको विषयभएको उल्लेख गरे ।
पशु सेवा विज्ञ केन्द्र विराटनगरकाप्रमुख डा. अजयकुमार साहले प्रस्तुत गरेको कार्यपत्रमाफार्ममा सरसफाइ, बाह्यव्यक्तिको नियन्त्रण, खोप तथानियमित स्वास्थ्य परीक्षणजस्ता जैविक सुरक्षाकाउपायअपनाउँदापशुजन्य रोगको जोखिमउल्लेख्य रूपमा घट्ने बताइएको थियो ।
गोष्ठीमा ५० जनापशुपालक कृषकको सहभागिता रहेको थियो । सहभागी कृषकहरूले जैविक सुरक्षासम्बन्धी ज्ञानले पशुपालनलाई सुरक्षित र नाफामूलकबनाउन सहयोग पुग्ने प्रतिक्रियादिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१