११ पुष २०८२, शुक्रबार

Metropolitan City Launches Free Vaccination for Goats, Sheep, and Pigs

Logo
news शुक्रबार, पुष ११, २०८२

Biratnagar: Biratnagar Metropolitan City has launched a free vaccination campaign against PPR and Swine Fever for goats, sheep, and pigs.

The campaign, organized by the Metropolitan Agriculture and Livestock Development Section, officially began on Friday. According to section coordinator Hiralal Yadav, the vaccination drive was inaugurated at Pooja Agriculture Farm in Ikrahi, Ward No. 4 of Biratnagar.

The program was inaugurated under the chief guestship of Shyam Ghimire, Coordinator of the Economic Development Committee, and chaired by Jitan Thapa, Chairperson of Ward No. 4.

Under the campaign, a total of 24,100 goats and sheep raised by farmers across all wards of the metropolitan city will be vaccinated against PPR. Similarly, 1,100 doses of Swine Fever vaccine will be administered to pigs, Yadav informed.

The vaccination campaign will be conducted in all wards of the metropolitan city. Yadav stated that the campaign is expected to significantly reduce the risk of deaths caused by PPR and Swine Fever.

महानगरद्वारा खसी–बाख्रा र सुँगुर–बँगुरलाई निःशुल्क खोप

विराटनगर: विराटनगर महानगरपालिकाले खसी–बाख्रा र सुँगुर–बँगुरमा लाग्ने पीपीआर तथा स्वाइन फिभर रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबारदेखि उक्त खोप अभियान शुभारम्भ गरिएको हो। शाखाका संयोजक हिरालाल यादवका अनुसार विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फर्मबाट अभियानको औपचारिक सुरुवात गरिएको हो।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ का अध्यक्ष जितन थापाको अध्यक्षतामा खोप अभियानको शुभारम्भ गरिएको थियो।

अभियानअन्तर्गत महानगरका सबै वडामा कृषकले पालेका २४ हजार १ सय खसी–बाख्रालाई पीपीआर खोप लगाइनेछ। त्यस्तै, सुँगुर–बँगुरका लागि १ हजार १ सय डोज स्वाइन फिभर खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए।

महानगरका सबै वडामा खोप अभियान सञ्चालन गरिने र खोपपछि पीपीआर तथा स्वाइन फिभरबाट हुने मृत्युको जोखिम उल्लेखनीय रूपमा कम हुने उनले बताए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१